माधव नेपालको दोहोरो चरीत्रका कारण सुदूरपश्चिम सरकारमा समस्या आएको मन्त्री भण्डारीकाे आरोप

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देखाइरहेको दोहोरो भूमिकाका कारण सुदूरपश्चिम सरकारमा समस्या आएको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सत्तामा रहेर प्रतिपक्ष सँग सम्वन्ध राख्न खोज्दा समस्या भएको बताउनु भयो ।

उहाँले नेपालले अहिले काँग्रेससँग पनि छलफल गरिरहेको भन्दै दोहोरो भूमिका देखाइरहेको आरोप लगाउनु भयो । उहाँले यस्तो दोहोरो भूमिकाले स्वयम् नेपाललाई नै क्षति पुग्ने बताउनु भयो ।

सत्तामा बसिरहने प्रतिपक्षसँग छलफल पनि गर्ने दोहोरो भूमिका खेलीरहेको बताउदै उहाँले उहाँको विचार र उहाँकोअस्थिरताले देखिएको सङ्कटहरू धेरै लामो समय नटिक्ने बताउनु भयो ।

मन्त्री भण्डारीले यस्तो अवस्था अब धेरै समय नरहने बताउनु भएको थियो । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर, उनको सरकारमा एमाले र माओवादी अझै सहभागी भएको छैन ।

मन्त्री भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै कारण सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको बताउनु भयो ।

कम्युनिस्ट भएर पनि अग्रगमन पक्षधरताहरुको राजनीतिक शक्तिहरू सँग नमिलेको भन्दै उहाँले नेपालको आलोचना गर्नु भयो ।

कम्युनिस्ट पार्टीको लामो समय सम्मको यात्रा पनि उहाँले गर्नु भएको छ । मन्त्री भण्डारीले अहिलेको बजेटले आसा र सम्भावना देखाएको जिकिर गर्नुभयो । बजेट कार्यान्वयन नहुने समस्या थियो अहिले बजेट कार्यान्वयन गर्ने पहिलो प्राथमिकता रहेको बताउदै उहाँले यसले आसा र सम्भावना देखाएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?