झापा । तीन साताअघि हत्या भएकी झापा बिर्तामोड नगरपालिका ४ शिवनगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्यामा संलग्न योजनाकार गंगाप्रसाद राजवंशीसहित पाँचजनालाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चन्द्रगडीमा आयोजित पत्रकार सम्मेलन गरेर प्रहरीले विष्टको हत्यामा संलग्न आरोपितलाई सार्वजनिक गरेको हो । प्रहरीले बिर्तामोड ४ का २२ वर्षीय गंगाप्रसाद , २३ वर्षीय महेश राजवंशी, २० वर्षीयन वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगीरथ राजवंशी र ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको हो ।
गंगाप्रसादसहित चारजना विष्टका छिमेकी हुन् । कामी चोरीको सुन किन्ने पसले रहेको झापा एसपी मिलन केसीले बताउनुभयो । महेश घटनाका मतियार रहेको, गंगाप्रसादकी पत्नी वर्षा चोरेको सामान लुकाउने सहयोगी, भगीरथ चोरीको सामान बेच्ने सहयोगी र अर्जुनधारा नगरपालिका ६ का कामीको बिर्तामोडमा हनुमान सुन पसल छ । औँठी कामीले किनेका थिए ।
हत्या गरिएकी विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर बरामद भएको छ । ती सामान गंगाले कल ९ ट्युबवेल ० को छेउमा माटोमा गाडेको अवस्थामा मरामद भएको प्रहरीले जनाएको छ । रेन्च, मार्तोल लगायतका घरायसी सामान पनि प्रहरीले बरामद गरेको छ ।
विष्टको बैशाख २६ गते मातातीर्थ औँशीको राति रड तथा खन्तीले हानेर हत्या गरिएको थियो । उनी नातिसँग बस्दै आएकी थिइन् । नाति घर बाहिर गएको अवस्थामा विष्टको हत्या भएको थियोे ।
एकल महिला विष्टका जेठा छोरा सपरिवार अमेरिका र कान्छो छोराको परिवार काठमाडौँमा बस्दै आएको छ। विष्टको शव वैशाख २७ गते बिहान भुइँमा रगतमा लटपटिएको र कोल्टे परेको अवस्थामा भेटिएको थियो ।
सोही दिन प्रहरीले घटनाको अनुसन्धानका लागि प्रहरीले धरानबाट तालिम प्राप्त कुकुर समेत ल्याएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत दिए पनि लिटल फ्लावर्स बोर्डिङ नजिक पुगेपछि अल्मलिएको थियो ।
हत्या अनुसन्धानमा सिआइबी , कोशी प्रदेश , झापा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोली परिचालित भएको थियोे । प्रहरीले बुधबार झापाको भिन्नाभिन्नै स्थानबाट पक्राउ गरेको थियोे ।
त्यसबेला हत्यामा सम्लग्न व्यक्तिले बाहिरबाट ल्याएको मम विष्टको घरभित्रै खाएको र दिशा समेत गरेको हल्ला चलेको थियोे । यो विषयमा समेत प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन । प्रहरीले विष्टको शव उनी सुत्ने गरेको खाट नजिक कोल्टे परेको अवस्थामा फेला परेको मात्रै खुलाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच