काठमाडौं । आगामी जुन २ बाट अमेरिका र वेष्ट इण्डिजमा संयुक्तरूपमा सुरु हुने आइसिसी टी-२० विश्वकप क्रिकेट नेपालीले भारतीय च्यानलबाट हेर्नुपर्ने भएको छ । विश्वकपको नवौँ संस्करणको प्रत्यक्ष प्रसारण नेपाली च्यानलबाट नहुने भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको प्रत्यक्ष प्रसारणको अनुमति पाउने देशहरूको सूचीमा नेपालको नाम छैन । आइसिसीले पहिलो नम्बरमा भारतलाई प्राथमिकतामा राखेको छ ।
कुन देशका कुन च्यानलबाट विश्वकप प्रसारण हुन्छ ?
भारतीय दर्शकहरूले स्टार स्पोर्टस् नेटवर्क र डिज्नी प्लस हट स्टारमार्फत् विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । भारतले हिन्दीसँगै तामिल र तेलुगु भाषामा समेत विश्वकप देखाउनेछ । मोबाइलमा डिज्नी प्लस हट स्टार एपबाट पनि हेर्न सकिन्छ ।
पाकिस्तानका समर्थकहरूले विश्वकप पिटिभी र टेन स्पोर्ट्स च्यानलबाट हेर्न सक्नेछन् । विश्वकपको उपाधि दाबेदार मानिएको पाकिस्तानको खेल माइको र तमाशा एप्समार्फत् पनि डिजिटल रूपमा हेर्न सकिनेछ । आयोजकसमेत रहेको अमेरिकी दर्शकले वेल्लो टिभिबाट विश्वकप हेर्न सकिनेछ । वेष्ट इण्डिजका दर्शकहरूका लागि पनि घरेलु भूमिबाटै विश्वकप हेर्न पाउने सुविधा उपलब्ध गराइएको छ । क्यारिबियन एपमार्फत् लाइभ स्ट्रिमिङ उपलब्ध हुनेछ ।
इंग्ल्याण्डका दर्शकहरूले स्काई स्पोर्ट्सबाट प्रतियोगिताको मजा लिन सक्नेछन् । स्काई स्पोर्ट्स क्रिकेट, स्काई स्पोर्ट्स मेन इभेन्ट, स्काई स्पोर्ट्स एक्सन र डिजिटलरूपमा स्काईगो, नाउ र स्काई स्पोर्ट्स एपमार्फत् लाइभ उपलब्ध हुनेछ । अष्ट्रेलिया र न्युजिल्याण्डका दर्शकले प्राइम भिडियोमा विश्वकपमा ५५ वटै खेल हेर्न सक्नेछन् । स्काई स्पोर्ट एनजेटले प्रत्यक्ष प्रसारण गर्नेछ ।
श्रीलंकामा महाराजा टिभी, सिरासा र शक्ति टिभीमार्फत् विश्वकप हेर्न सकिनेछ । युएईमा स्टारर्ज प्ले, क्रिकलाइफर क्रिकलाइफ म्याक्स टुबाट हेर्न सकिनेछ । दक्षिण अफ्रिका, युगाण्डा र नामिबियाका प्रशंसकहरूले सुपरस्पोर्ट र यसको एपमा दक्षिण अफ्रिका र अन्य अफ्रिकी क्षेत्रहरूमा उपलब्ध सबै कार्यहरू प्रत्यक्ष हेर्न सक्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच