सिरहा कर्जन्हा-४ स्थायी घर हुनुभएका प्रदीपकुमार रसाइली काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन पस्किरहनुभएको छ । मोडलिङमा समेत देखिनुहुने उहाँ निर्देशक र नृत्य निर्देशकका रूपमा आफूलाई अब्बलरूपमा प्रस्तुत गर्दै आउनुभएको छ । नेपाली, मैथिली र भोजपुरी भिडियोमा समेत काम गरिरहनुभएका उहाँ तीन सयजति प्रस्तुतिमा काम गरेको बताउनुहुन्छ । हालै उहाँले निर्देशन गरेको गीत ‘दाग’ दर्शकमाझ आएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो विमोचित गरिएको थियो । राम्रो कलाकार र नृत्य निर्देशक बन्छु भन्ने सपना लिएर यो क्षेत्रमा होमिनुभएका उहाँको सपना यतिबेला सार्थक भएको छ । यो क्षेत्रमा लागेर थुप्रै मान-सम्मान, पुरस्कार र अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ उहाँले । यो क्षेत्रमा अझ धेरै मिहिनेत गरेर राम्रा-राम्रा क्रियशन दर्शकमाझ लैजान आफू हरसमय तल्लीन रहेको उहाँको भनाइ छ । हरेक प्रस्तुतिमा फरक विषयवस्तु प्रस्तुत गर्न आवश्यक रहेको बताउनुहुने निर्देशक प्रदीपकुमार रसाइलीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
अहिले केमा व्यस्त हुनुहुन्छ, नयाँ केही आउँदैछ कि ?
अहिले नेपाली, मैथिली र भोजपुरी भिडियोमा व्यस्त छु । हालैमात्र ‘दाग’ दर्शकमाझ आएको छ । यो चेलीबेटी बेचविखनविरुद्धको चेतनामूलक गीतको भिडियो छ । यो गीतको भिडियो प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा विमोचित गरिएको थियो । त्यस्तै, राजेश पायल राई दाइको स्वरमा ‘तेरो माया’ केही फरक भिडियो आउने तयारीमा छ । यस्तै अरू पनि छन् ।
निर्देशकलाई हरेक प्रस्तुतिमा फरक विषयवस्तु प्रस्तुत गर्नुपर्ने भएकाले केही गाह्रोचाहिँ पक्कै हुन्छ । ज्वलन्त विषयमाथि सशक्त प्रस्तुतिले नै कथालाई न्याय गर्छ । विषयवस्तुमा मिहिनेत गर्दामात्रै प्रस्तुति अब्बल हुन्छ । मलाई के लाग्छ भने कथा मौलिक हुनुपर्छ, प्रस्तुति परिस्कृत हुनुपर्छ र प्रविधि बलियो हुनुपर्छ अनिमात्र राम्रो कुरा दर्शकलाई देखाउन सक्छौँ ।
लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ, कस्तो छ यो क्षेत्र ?
समय सधैँ त्यही हो । तर, पहिला अलिक बढी मिहिनेत गर्नुपथ्र्यो भने अहिले बुझ्दै सिक्दै जाँदा केही सजिलो छ । हरेक प्रस्तुतिमा फरक विषयवस्तु प्रस्तुत गर्नुपर्ने भएकाले केही गाह्रोचाहिँ पक्कै हुन्छ । ज्वलन्त विषयमाथि सशक्त प्रस्तुतिले नै कथालाई न्याय गर्छ । विषयवस्तुमा मिहिनेत गर्दामात्रै प्रस्तुति अब्बल हुन्छ । मलाई के लाग्छ भने कथा मौलिक हुनुपर्छ, प्रस्तुति साह्रै परिस्कृत हुनुपर्छ र प्रविधि बलियो हुनुपर्छ अनिमात्र राम्रो कुरा दर्शकलाई देखाउन सक्छौँ ।
अहिलेसम्म कति जति गीतका भिडियोमा निर्देशन र नृत्य निर्देशन गर्नुभयो होला ?
मेरो नेपाली, मैथिली, भोजपुरी गरेर तीन सय जति भयो होला ।
पछिल्लो समय छोटो समयमा भाइरल हुने, ट्रेनिङका कुरालाई कसरी हेर्नुहुन्छ ?
ट्रेनिङमा आएर भाइरल भएका धेरै छन्, केही राम्रा छन् भने केही खराब पनि छन् । अब मन परेर नै दर्शकले भाइरल बनाइएको हुन्छ । तर, भाइरलको समय छोटो नै हुन्छ जति छिटो आउँछ त्यति नै छिटो जान्छ जस्तो लाग्छ ।
तपाईं निर्देशक कि नृत्य निर्देशक ?
म निर्देशक र नृत्य निर्देशक दुवै हुँ । तर, विशेष नृत्य निर्देशक नै हुँ ।
यो क्षेत्रमा लागेर के पाए, के गुमाए जस्तो लाग्छ ?
यो क्षेत्रमा नाम पाएँ, सम्मान पाएँ, देशविदेश जान पाएको छु । वरिष्ठ कलाकारहरूसँग काम गर्ने मौका पाएको छु । गुमाएको त्यस्तो केही छैन । तर, जति काम गरे पनि अझ बढी राम्रो काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । म यसका लागि अरू मिहिनेत गर्दैछु ।
यही क्षेत्र नै किन रोज्नुभयो ?
सानैदेखि नै नृत्य गर्थेँ । मलाई राम्रो कलाकार र डान्सर बन्छु भन्ने सपना थियो । त्यही सपना पूरा गर्न आफूलाई अघि बढाइरहेको छु ।
यहाँले यो क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप थुप्रै मान–सम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्नुभएको छ, केहीको नाम लिनुपर्दा ?
यहाँले भने जस्तै धेरै मान–सम्मान, पुरस्कार र अवार्ड प्राप्त भएका छन् । भिडियोहरूबाट अवार्ड पाएको छु । नेपाली सेनाका महारथिबाट सम्मान पत्र पाएको छु । सबैभन्दा ठूलो कुरा त मेरो आमा, बाबा र परिवारबाट सहयोग पाएको छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच