![मुलुकको हितमा खरो रुपमा उत्रिएर रास्वपा खोलेको औचित्य पुष्टि गर्न सक्नुपर्छ : कानूनीमन्त्री गिरी](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Padam-Giri.jpg)
काठमाडौं । तोप चरा अरू चराहरूभन्दा फरक विशेषता भएको चरा हो । भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ । कलात्मक र मेहनतले आफ्नो गुँड (घर) बनाउने हुनाले यसलाई चराहरूको इन्जिनियर भनिएको हो ।तराईदेखि मध्य पहाडसम्म पाइने यो चराले पात चिरेर त्यसलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ । गुँड रुखबाट तलतिर झुण्डिएको हुन्छ। यी चराहरू समूहमा बस्न मन पराउँछन्। त्यसैले यिनीहरूका गुँडहरू एकै ठाउँमा हुन्छन ।
तोप चरा हिउँद याममा काठमाडौंमा आउँछन्। काठमाडौं आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो। हरियो घाँस जम्मा पारेर यी चराहरूले चुच्चोको सहाराले कलात्मक गुँड बनाउछन। झट्ट हेर्दा यो चराको गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक बनाएको हुन्छ । यो चराले रुखमा झुण्डिएको लामो गुँड बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ ।
पंक्षीविज्ञहरुका अनुसार यो चराको भाले प्रजातिले मात्र गुण बनाउँछन् र अति नै मिहिनेत गरेर बनाउँछन् । गुँड राम्रो बनाउने विषयमा तोप चराको भाले प्रजातिबीच प्रतिस्पर्धा नै हुन्छ । हेरौ काठमाडौंको बल्खु क्षेत्रमा देखिएका तोप चराको समुह ।
तस्बिर : नेपाल फाेटाे लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच