![जोखिम मोलेर नदीले बगाएर ल्याएका काठ दाउरा निकाल्दै स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/kathadaura-khola.jpg)
धनुषा । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरू गरिएको बताउनुभएको छ ।
जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा आयोजित मेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न स्थानीय उद्योगीलाई आग्रह गर्नुभयो ।
मन्त्री अर्यालले रोजगारीको खोजीमा मधेसबाट ठूलो सङ्ख्यामा युवा पुस्ता विदेश जानेक्रम नरोकिएकामा चिन्ता व्यक्त गर्दै कृषिकर्ममा लाग्न उनीहरूलाई लाग्न आग्रह गर्नुभयो । “स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन् । एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो”, उहाँले भन्नुभयो ।
मन्त्री अर्यालले मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीनरूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच