![नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि हो : मन्त्री शर्मा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Rekha-Sharma-2.jpg)
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताउनुभएको छ ।
शनिवार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताउनु भयो । उहाँले आफूहरु विश्वकपका लागि उत्साहित रहेको बताउनु भयो । उहाँले करिव २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको बताउनु भयो । उहाँले राम्रो खेलेर समर्थकहरुलाई उपहार दिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विश्वकपका लागि एकदमै एक्साइटेड छौँ । २५ दिनदेखि बाहिर नै छाँै । विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ । अभ्यास गरिरहेका छाैँ । हामी तयारीमा छाैँ । सबै जना साथमा हुनुहुन्छ । बेस्ट क्रिकेट खेलेर हामी खुशी दिनेछाैँ । नेपाललाई अमेरिकामा सपोर्ट छ । राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ । टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामीले हामी पनि सक्षम छाैँ भन्ने सन्देश दिनुपर्छ अब ।’
सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको बताउनु भयो । उहाँले सबै किसिमले अब नेपाल विश्वकप खेल्न तयार रहेको बताउनु भयो । उहाँले यस पटक दुई वटा देशमा विश्वकप हुने भएको सो स्थानहरुको वातावरणमा भिज्न र अभ्यास गर्न नेपाल एक महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेको र अभ्यास जारी राखेको बताउनु भयो । उहाँले नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको भन्दै स्पिनरमा ललित र सागरले जिम्मेवारी सम्हाल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले पहिलो गेमका लागि फोकस गरेर तयारी गरिरहेका छाैँ । हामी अब सबै किसिमले विश्वकपका लागि तयार छौँ । नयाँ ठाउँमा केही तयारी गर्नुपर्ने हुन्छ । त्यसकै लागि हामी करिव एक महिनाअघि नै आएर यहाँ भिज्ने प्रयास गरेका छौँ । दुई फरकफरक देशमा खेल छ, त्यसका लागि हामी अब तयार छाैँ । दीपेन्द्र सिंह ऐरी अहिले सबै किसिमले रेडी छ, अभ्यासहरु गरिरहेको छ । स्पिनर बलरको भुमिका धेरै नै महत्वपूर्ण छ, त्यसको लागि ललित र सागर छन् । त्यसले हाम्रो टिम ब्यालेन्स भएको छ ।’
उहाँले दीपेन्द्र सिंह ऐरी सबै किसिमले फिट रहेको बताउँदै नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको बताउनु भयो । जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा टि २० विश्वकप शुरु हुँदैछ । नेपालको खेल भने जुन ४ मा नेदरल्याण्डसँग रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच