यो नीति तथा कार्यक्रमले देशको समस्याको पहिचान गर्न गर्दैन, पुनर्लेखन गर्न जरुरी छ : अध्यक्ष लिङदेन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताउनु भएको छ ।

अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्लेखन गर्न सरकारले अप्ठ्यारो मान्न नहुने उहाँको तर्क थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको र प्राथमिकता पनि निर्धारण गर्न नसकेको दावी गर्नु भयो ।

उहाँले सत्तापक्षको बहुमत भएकाले सो नीति तथा कार्यक्रम पास गर्न सकिने तर त्यसले सिंगो देश नै बिग्रने जिकीर गर्नु भयो । देश नै विग्रने भएकाले सो नीति तथा कार्यक्रम थप छलफल गरेर आउनुपर्ने अध्यक्ष लिङदेनले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अहिले देशको अवस्था सामान्य होइन । अहिले देशले र दुनियाँले जुन आर्थिक संकट व्यहोरिराखेको छ । त्यसलाई हाम्रो परम्परागत कार्य शैलीले, परम्परागत सोच र संरचनाले त्यो आर्थिक संकटलाई सामना गर्न सक्दैन । त्यसकारणले यो नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामना गरेर अगाडि बढछौं भन्ने कुरा आउनु पर्दथ्यो । यो नीति तथा कार्यक्रम सामान्य अवस्थामा, ठिकठाक अवस्थामा ल्याउनेजस्तो छ । र, धेरै कुराहरु मैले फेरि पनि भने–प्रष्ट छैनन् । यसले समस्याहरु पहिचान गर्न सकेको छैन । प्राथमिकता छुट्टयाउन खोजेकै छैन । अथवा हाम्रा प्राथमिकता के हुन ? त्यसलाई प्रष्ट पार्न सकेको छैन । र, छलफल गर्नुपर्ने प्रशस्त विषयहरु छन् । हामीले ल्यायौं, हामीसँग बहुमत छ । पास गर्छौं । ताली ठटाएर पास गर्छौ । त्यो भन्न पाउनु हुन्छ । पास गर्न पाउनु हुन्छ । र, मैल अस्ती भर्खरै पनि भनेको थिएँ–देश तपाईको मात्रै होइन । सरकारमा बस्नेको मात्र होइन । यो देश विग्रीका खेरी तपाईको मात्रै विग्रीदैन । सरकारमा बस्नेहरुको मात्रै बिग्रिदैन । देश हाम्रो पनि बिग्रिन्छ मात्रै होइन । आउने पुस्ताहरुको पनि देश बिग्रिन्छ । त्यसकारण यो हामी सबैको साझा विषय हो । त्यसकारण नमिलेका विषयहरु फेरी लेखेर ल्याउनु पर्छ भन्दाखेरी यसलाई अप्ठ्यारो मान्नु हुँदैन । यसलाई पुनर्लेखन गर्न जरुरी छ । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्दैन । तपाई जनयुद्ध लेख्नुस, के लेख्नुस । आत्मरतिमा रमाउनुस । हामीले घुसायौं । शेरबहादुरजीलाई पनि बोकायौं भनेर भन्नुस । तर, त्यसले केही फरक पर्दैन । फरक मान्छेको जीवनमा पर्नु पर्छ, देशको जीवनमा फरक पर्नु पर्छ । ल भन्नुस त, कुन त्यस्तो नयाँ चिज आयो ? पहिलाकै निरन्तरता दिनको लागि त पहिले राम्रो भएको हुनु प¥यो । अहिले हरेक सालजस्तै तपाईले पनि केही पान थपिदिनु भयो । अघिल्लो चोटी ६५ पानाको रहेछ । अहिले ६६ पेजको रहेछ । फरक त यति मात्रै हो । ’

अध्यक्ष लिङदेनले जुनयुद्ध नीति तथा कार्यक्रममा लेखियो भनेर आत्मरतिमा नरम्न पनि सरकारलाई सचेत गराउनु भयो । देशको जीवनमा परक पार्ने, जनताको जीवनमा फरक पार्ने के त्यस्तो कार्यक्रम आयो ? भनि उहाँले सरकारलाई प्रश्न पनि गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?