पाँचको परिधि र प्राकृतिक प्रकोप

Read Time = 13 mins

✍️ स्वयम्भुनाथ कार्की

सनातनमा पञ्चमहाभूत भनिने पाँच तत्व मानिन्छ । प्रकृति भनेको नै यही पाँच तत्व हो भन्दा गलत भइन्न । रासायनिक विज्ञानमा गरिएको तत्वको परिभाषा अनुसार भने यीनीहरूलाई तत्व भन्न नसकिएला त्यसैले अहिलेलाई अलौकिक तत्व भनेर बुझ्दा भयो । यिनै पाँच तत्व वा कारकले प्रकृतिको निर्माण गरेको हुन्छ । पञ्चमहाभूतमा पहिलो आकाश त्यसको रूप अन्तरिक्ष हो । दोस्रो पृथ्वी त्यसको रूप जमिन हो । तेस्रो अग्नी वा तेज त्यसको रूप सूर्य हो । चौथो वायु त्यसको रूप हावा अनि पाँचौं जल त्यसको रूप पानी हो । यी कारकहरूको सौम्य प्रस्तुति आनन्ददायी अनि रौद्र प्रस्तुति प्राकृतिक प्रकोपका अनेक रूपहरू । अर्थात जवजव हालत प्रकृतिको अंगालो शरहको पा“चको परिधिभन्दा बाहिर जान्छ प्रकृतिक ताण्डव सुरु हुन्छ ।

प्रकृतिको पुरानो मेटेर नयाँ सिर्जना गर्ने चक्र त्यो ताण्डव हो । माक्र्सवादी दार्शनिकहरूले द्वन्द्वात्मक भौतिकवाद भन्ने गरेको दर्शन यसको धेरै नै सूक्ष्मरूप हो । सनातनमा सृष्टि स्थिति संहार भनेर अनादिकालदेखि नै यो दर्शनको अस्तित्व छ । केवल सनातनमा मात्र होइन हरेक धर्ममा, हरेक मतमा सृष्टि, स्थिति र संहारको चक्रको अवधारणा रहेको छ । इस्लाम मतालम्बीहरूको ‘कयामत’, इसाईको ‘जजमेण्ट डे’ यसै चक्रका भाग हुन् अर्को सुरु हुनुभन्दा पहिलेको चक्रको समापन भाग । यसलाई द्वन्द्वात्मक भौतिकवादको उदाहरणमा बिउ समाप्त हुने चरण मान्न सकिन्छ । त्यसपछि बिउबाट निस्केको नयाँ बिरुवाले नयाँ चक्र सुरु गर्दछ । भन्न खोजिएको के हो भने प्रकृतिले आफ्नो योग्य छान्ने क्रममा प्रकोप पैदा गर्ने गर्दछ ।

पहाडको फेदका स्थानमा बाक्लै पाइने आर्टिजन कुवा (जमिनबाट आफैँ पानी निस्कने, कुनै कुनै अवस्थामा त फोहरा झैँ) सुक्ने कारण के हुन् ? तराईका फाँटमा जमिनमुनिको पानीको स्तर तल झर्दै जाने कारण के हुन् ? त्यसको कारण खोज्नु पर्छ ।

विज्ञान र प्रविधिको घमण्डमा मान्छेले प्रकृतिलाई जितेको अनुभव गर्दछ । नक्कली विकासको घमण्डमा हरेक प्राकृतिक संसाधनलाई आफ्नो नाफा घाटामा हेर्न थाल्छ । त्यस बेला प्रकृतिको नियमित चक्रअन्तरगतको अलि कडा रूप पनि प्रलयमा बदलिन्छ, रौद्ररूप लाग्छ । नत्र भने सामन्यतया वर्षाको, हावाहुरीको, बाढी परिहरोको एक निश्चित चक्र हुने गर्दछ । हरेक प्राकृतिक घटनाहरूको आफ्नो अलग अलग समयचक्र हुने गर्दछ । केही दशक कतै पहिरो गएन भने त्यहाँ पहिरो रोक्न प्रकृतिले गरेको उपायलाई मान्छेले आफूलाई घाटा देख्न थाल्छ अनि त्यो उपाय भत्काउँछ । केही वर्ष कुनै खोलामा बाढी नदेख्ने बित्तिकै त्यस खोलाको चौडा बगर त्यत्तिकै खेर गएको लाग्छ । अनि सुरु हुन्छ त्यस बगरमा बस्ती बसाउने विकास (?) ।

वर्षाको पानी पहाडमा रोकेर पूरै वर्ष जरुवा वा मूलको पानी दिने संरचना सिम मान्छेलाई फोहर लाग्न थाल्छ । प्रकृतिले भूमिजल निषेचनको निमित्त बनाएका ताल, जब्दी, होचा भूतलहरू भर्नु विकास लाग्छ । त्यस अवस्थामा पहिले पहिलेको सामान्य वर्षात् पनि बस्ती शहर डुबाउने वर्षादका रूपमा बदलिन्छन् । अनि कुनै पनि प्रकृतिक प्रकोपले दिने कष्ट वास्तविकभन्दा कैयौं गुणा कष्टकर हुन्छन्, ज्यान धनको ठूलो क्षति हुन पुग्छ । यो अवस्था विगतका केही वर्षदेखि लगातार देखिँदैछ ।

खोला वा नदीको बाङ्गोटिङ्गो बगाइले त्यसको धार या बगाइको गति कम गर्ने गर्दछ । जति धेरै घुमेर जान्छ त्यति नै धेरै पानी त्यहाँबाट भूमिगत जलभण्डार फेरि भर्न पुग्छ । तर, प्रकृतिलाई बुझ्न नखोज्ने पहुँचवालाहरू त्यो घुमेको खोला सिधा बनाएमा उकास हुने जमिनमा मानव बस्ती बसाउन पाउने सम्भावना देख्छन् । पाँचको परिधिको सम्मान गर्दैमा वा प्रकृतिलाई जित्ने मुर्खतापूर्ण प्रयत्न नगर्दैमा प्रकृतिको यो चक्र रोकिने होइन । भुइँचालो आउने नै छ, आँधी बेहरी पनि रोकिने छैन, बाढी पहिरो पनि आउने नै छ । विसंको २० को दशकमा अरुणमा पहिरो खसेर करिब आधा महिना पानी थुनिएको थियो । करिब ४, ५ सय फुटमाथि पानी आएको थियो ।

प्रकृतिले आफ्नो प्रकोपको हानी कम गर्न रचना गरेका संरचना संसाधनहरूमा मानव अतिक्रमण हुँदा हानी त मानवलाई नै हुने हो । मानवको यो अपराधको दण्ड पाउने मानवमात्र हुँदैन । प्रकृति तथा पाँचको परिधि डाइनासोरको युगमा पनि थियो । वर्तमानमा डायनसोर छैनन तर प्रकृति छ पञ्चमहाभूत पनि छन् ।

त्यस पहिराले थुनेको माटो एकाएक बग्यो । त्यो अचानक आएको अत्यधिक पानीको धारले वर्तमानमा कति क्षति गर्न सक्छ त्यो अकल्पनीय छ । त्यसबेला पनि क्षति त भयो नै, केही घर बगे त्यससँगै ज्यानधनको पनि क्षति भयो । यदि वर्तमानमा त्यही घटना दोहोरिएको अवस्थामा चतरा के होला ? त्यहाँदेखि कोशी ब्यारेजसम्म कुन अवस्था होला ?

प्रकृतिले आफ्नो प्रकोपको हानी कम गर्न रचना गरेका संरचना संसाधनहरूमा मानव अतिक्रमण हुँदा हानी त मानवलाई नै हुने हो । मानवको यो अपराधको दण्ड पाउने मानवमात्र हुँदैन । प्रकृति तथा पाँचको परिधि डाइनासोरको युगमा पनि थियो । वर्तमानमा डायनसोर छैनन तर प्रकृति छ पञ्चमहाभूत पनि छन् । केही वर्षको अन्तरालमा खोला नदी आफ्नो भोगचलनको हकदाबी गर्न आउँछन् । कहिले पश्चिम नेपाल, कहिले पूर्वनेपाल खोला नदीले आफूमाथि भएको अतिक्रमणको विरोध गरेका छन् । ज्ञात भएको समयखण्डमा यस पटक अर्थात् २०७६ सालमा काठमाडौंमा पनि खोला नदीहरूले आफ्नो हकदावी गरे ।

बाँकी नेपालले भोग्ने गरेको बाढीको कष्ट त्यस पटक काठमाडौंले पनि भोग्नु पर्‍यो । मुलुकको कुनै पनि भागमा हुने यस्ता घटना अत्यन्त दुःखदायी हुन्छन् । काठमाडांैले भोग्दा पनि, दार्चुलाले भोग्दा पनि उत्तिकै दुःखदायी हो । सिन्धुपाल्चोक र मोरङको भोगाइ समान रूपमा दुःखदायी हुन् । प्रकृतिक प्रकोप नियन्त्रण मान्छेको हातमा हुँदैन तर त्यसको असर कम गर्ने वा बढाउने त मान्छेकै कामले गर्ने गर्दछ । प्रकृतिमा बेकार कुनै चिज हुँदैनन् । मान्छे प्रकृतिको प्रतिद्वन्द्वी हुनै सक्दैन किनभने मान्छे प्रकृतिको हिस्सा हो प्रकृतिभन्दा फरक होइन ।
त्यसैले विगतका केही वर्षदेखि लगातार भोग्नु परेको प्रकृतिको झापडलाई पुनरावलोकन गर्नै पर्ने चेतावनीको रूपमा लिइनु पर्दछ । दशक पनि होइन केही वर्षमै विकासको भ्रममा कति तहसनहस गरिसकियो त्यो हेरे पुग्छ । पर्यावरण, वातावरण आदि प्रकृतिको मानवप्रतिको अनुकूलता नाप्ने साधन हुन्, मापदण्ड हुन् तर तिनीहरूले लगातार नकारात्मक संकेत देखाउँदा पनि घमण्ड देखाएर नमान्ने मुर्खता किन भइरहेको छ ?

इटहरी जस्ता पहाडको फेदका स्थानमा बाक्लै पाइने आर्टिजन कुवा (जमिनबाट आफैँ पानी निस्कने, कुनै कुनै अवस्थामा त फोहरा झैँ) सुक्ने कारण के हुन् ? तराईका फाँटमा जमिनमुनिको पानीको स्तर तल झर्दै जाने कारण के हुन् ? कंक्रिटको जंगल बनाउन जथाभावी खोलाबाट निकालिने गिटी बालुवाले के विपत्ति ल्याउँन सक्छन् ? जस्ता कुराहरू अब चिन्तनमनन गर्न ढिलो गरिनु हुँदैन । बगर मिचेर विकास गरिएको स्थानमा घडेरी किन्नु भनेको अकाल मृत्यु नभए पनि जीवनभरको कमाइ गुमाउनु पक्का हो भन्ने सोचिनु पर्दछ । पिडितहरूको पीडामा सहानुभूति हुनै पर्दछ र छ पनि तर अब थप यो पीडा किन्न नआउन् त्यो पनि आफ्नो जीवनभरको कमाइ खर्च गरेर ।

भूमाफियालाई गाली गर्नुभन्दा ती भूमाफियाले गरेका अतिक्रमणलाई त्यसका ग्राहक भएर साथ दिनेलाई भन्नु ज्यादा उचित हुन्छ । यदि तिनका अतिक्रमित घडेरी बिक्री नै भएनन् भने अतिक्रमण पनि बन्द हुन्छ । आफू शक्तिशाली भएको घमण्डमा प्रकृतिमाथि गरिएका सबै अतिक्रमण अब बन्द हुनुपर्दछ । प्रकृतिको सामुन्ने कसरी निरिह हुनुपर्ने रहेछ भन्ने कुरा प्रष्ट भएको छ । विगतका केही वर्षदेखि प्रकृतिले मानव निर्मित हरेक स्थानमा आफ्नो प्रचण्डता देखाइरहेको छ । मानव निर्मितमा मात्र होइन सबैतिर यो प्रचण्डताको प्रहार भएको छ तर सबै नै प्रकृतिको सामुन्ने निरिह देखिए । बरू जहाँ मानवको प्रविधि र प्रगति पुगेको छैन त्यहाँ भने यो निरिहता छैन किनभने त्यहाँ प्रकृतिले आफैँ निर्माण गरेको प्रगति छ ।

त्यसैले हरेक विकास, प्रगति पाँचको परिधिभित्र गरिनु आवश्यक छ । प्रविधिले आफूलाई पाँचको परिधिभित्र ल्याउनु आवश्यक छ । त्यो भनेको फेरि ढुंगेयुगतर्फ फर्कनु होइन बरु प्रकृतिसँग समन्वय कायम गरेर झन उन्नत समाज निर्माण गर्नु हो । यसका निमित्त धेरै कुराको आवश्यकता छैन । मात्र केही कुराको अस्तित्व स्वीकार गर्नु हो, केही सोच अपनाउनु हो । तीमध्ये केहीको उल्लेख गरिएको छ । प्रकृतिमा बेकार केही हुँदैन भन्ने बोध गर्नुपर्छ । हरेक वस्तु उपभोग्य हुन्छन्, उपभोक्ताहरू फरक हुन्छन् । एउटाको फोहोरको डंगुर अर्को प्राणीको निवास हुन्छ । एउटाको उत्सर्जन अर्काको भोजन बन्छ । त्यसैले प्रकृतिसँग आवश्यकताअनुसार मात्र लिनु पर्दछ । ज्यादा भएको वस्तु प्रकृतिलाई नै फिर्ता गर्नु पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?