‘गुलावी’ लुकको चर्चा

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘गुलावी : एक रंग’ को फस्टलुक पोष्टरलाई चलचित्रकर्मीहरूले तारिफ गरेका छन् । बिहीबार नाजिरलाई प्रस्तुत गर्दै सार्वजनिक गरिएको पोष्टरलाई थुप्रै चलचित्रकर्मीहरूले आफ्नो फेसबुक वालमा सेयर गर्दै तारिफ गरेका हुन् । पोष्टरमा नाजिर ‘ट्रान्स वुमन’को लुकमा देखिनुभएको छ ।

नारायण पुरी, दीपाश्री निरौला, दीपेन्द्र लामा, मिलन चाम्स, दीपेन्द्र के. खनाल, दिनेश राउत, सुदर्शन थापा, सन्तोष सेन, मिथिला शर्मा, नीता ढुंगाना, उत्तम केसीलगायतका थुप्रै चलचित्रकर्मीले पोष्टर सार्वजनिक गर्दै तारिफ गर्नुभएको छ ।

समुन्द्र भट्टको निर्देशनमा बनेको यो चलचित्रमा नाजिरका साथै सञ्चिता लुईंटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?