प्रतिनिधिसभामा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभामा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद भवन, बानेश्वरमाबिहान ११ः०० बजे बस्न लागेको हो ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

हिजो (सोमबार) को प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।

प्रतिनिधि सभा बैठकमा जेठ ३२ गतेदेखि मन्त्रालयगत बजेट (विनियोजन शीर्षक)माथि छलफल सुरु भएको थियो। हालसम्म १० वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भइसकेको छ।

संघीय संसद् सचिवालयले असार ८ गतेसम्म मन्त्रालयगत बजेटमाथि छलफल सक्ने गरी कार्यसूची तय गरेको छ। त्यसपछि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम सुरु हुने छ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि जेठ १५ बजेट सार्वजनिक गरेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?