काठमाडौं । एनसिसीएस आमन्त्रण भ्याली कप टी-२० क्रिकेट प्रतियोगिताको पुरुषतर्फको उपाधि सिईसी काठमाडौं र महिलातर्फको उपाधि काठमाडौले उचालेको छ । शनिबार भएको फाइनलमा पुरुषतर्फको फाइनलमा काठमाडौंले भक्तपुर क्रिकेट सेन्टरलाई १२ रनले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
काठमाडौंले दिएको १२२ रनको लक्ष्य पछ्याएको भक्तपुरले १६.१ ओभरमा तीन विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो । भक्तपुरका दीपेन्द्र रावत र शिवम तिवारीले समान ३८ रन बनाउनुभयो ।
त्यसअघि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२१ रनको योगफल तयार पारेको थियो । काठमाडौंका लागि पुरन थापाले सर्वाधिक ५३ रनको योगदान दिनुभयो । अरुण ऐरिले २७ र इसाद अहमदले २१ रन बनाउनुभयो ।
शनिबारनै महिलातर्फ भएको फाइनलमा काठमाडौंले सुपर ओभरमा ललितपुरलाई आठ रनले पराजित गर्दै उपाधि चुमेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच