दुई वर्षपछि खुल्यो ट्युनिसियाको राष्ट्रिय संग्रहालय

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । दुई वर्ष भन्दा बढी समय बन्द भएको ट्युनिसियाको बार्डो राष्ट्रिय संग्रहालय बिहीवारदेखि पुनः खुलेको छ ।

संग्रहालय २५ जुलाई, २०२१ मा बन्द गरिएको थियो । ट्युनिसियका राष्ट्रपति काइस सईदले संसद र संग्रहालय छेउछाउको भवन बन्द गरेपछि संग्रहालय पनि बन्द भएको थियो ।

ट्युनिसियाका संस्कृतिमन्त्री हयात गुरमाजीले बुधवार राति एक समारोहको क्रममा मन्त्रालयले ऐतिहासिक भवनको मर्मतसम्भार र जिर्णोद्धारको लागि बन्द गरिएको तर अब काम सकिसकेकाले खुलाएको बताउनु भयो । संग्रहालय सन् २०१५ मा आतंकवादी हमलामा क्षति भएको थियो ।

जसमा २० भन्दा बढीको मृत्यु भएको थियो । राजधानी ट्युनिसियामा अवस्थित राष्ट्रिय संग्रहालय १८८८ मा स्थापना भएको थियो । यो ट्युनिसियाली सम्पदाको प्रमुख मानिन्छ । यो बन्द हुनुअघि हरेक वर्ष विश्वभरबाट ५० हजार पर्यटक त्यहाँ जाने गर्दथे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?