दुई वर्षपछि खुल्यो ट्युनिसियाको राष्ट्रिय संग्रहालय

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । दुई वर्ष भन्दा बढी समय बन्द भएको ट्युनिसियाको बार्डो राष्ट्रिय संग्रहालय बिहीवारदेखि पुनः खुलेको छ ।

संग्रहालय २५ जुलाई, २०२१ मा बन्द गरिएको थियो । ट्युनिसियका राष्ट्रपति काइस सईदले संसद र संग्रहालय छेउछाउको भवन बन्द गरेपछि संग्रहालय पनि बन्द भएको थियो ।

ट्युनिसियाका संस्कृतिमन्त्री हयात गुरमाजीले बुधवार राति एक समारोहको क्रममा मन्त्रालयले ऐतिहासिक भवनको मर्मतसम्भार र जिर्णोद्धारको लागि बन्द गरिएको तर अब काम सकिसकेकाले खुलाएको बताउनु भयो । संग्रहालय सन् २०१५ मा आतंकवादी हमलामा क्षति भएको थियो ।

जसमा २० भन्दा बढीको मृत्यु भएको थियो । राजधानी ट्युनिसियामा अवस्थित राष्ट्रिय संग्रहालय १८८८ मा स्थापना भएको थियो । यो ट्युनिसियाली सम्पदाको प्रमुख मानिन्छ । यो बन्द हुनुअघि हरेक वर्ष विश्वभरबाट ५० हजार पर्यटक त्यहाँ जाने गर्दथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
आइजीपीलक्षित खगेन्द्र सुनारकाे टिप्पणी : मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन… अमरेश सिंहको प्रश्न : के समृद्धि र सुशासनको रोडम्याप यही हो ? विश्व अंगदान दिवस : २,७९९ को मञ्जुरी, दाताको अभावमा प्रत्यारोपण चुनौती पत्रकार किशोर श्रेष्ठमाथि वैयक्तिक गोपनीयता उल्लंघनको मुद्दा पूर्वसभापति देउवाको अनुभव पार्टी रूपान्तरणमा उपयोगी हुने कांग्रेसको विश्वास सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा बर्दियामा डिजेल खन्याएर आत्म*दाहको प्रयास, महिला गम्भीर घाइते पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा घोषणा, भोलि खगराज भट्टले दाबी पेस गर्ने ललिता निवास प्रकरण : नेपाल र बाबुरामलाई प्रतिवादी नबनाएको विषयमा सर्वोच्चले माग्यो…