जिडब्लुएमको ओरा ३ को बुकिङ सुरु

Read Time = 2 mins

काठमाडौं । जिडब्लुएम नेपालले जिडब्लुएमको विद्युतीय सवारीसाधनअन्तर्गत अल-इलेक्ट्रिक क्रसओभर ओरा ३ को आधिकारिक बुकिङ ४७ लाख ४९ हजारमा सुरु गरेको छ । जिडब्लुएम ओरा ३ एक ग्लोबल मोडल हो, जुन यसअघि विभिन्न देश चीन, थाइल्याण्ड, मलेसिया, बेलायत, जर्मनी, अष्ट्रेलिया र न्युजील्याण्डमा विभिन्न नामका मोडल जस्तै गुडक्याट, फन्कीक्याट र ओआरएका साथ पहिले नै बिक्री सुरू भइसकेको छ । जसका विश्वभर एक लाख ५० हजारभन्दा बढी ग्राहक रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सौन्दर्यको हिसाबले ओरा ३ को बाहिरी भागमा नरम रेखा छन्, जसले ब्राण्डका अन्य मोडललाई पनि चित्रण गर्छ र आधुनिक सुविधाका साथ रेट्रो लुक हँुदा पहिचानयोग्य पारिवारिक शैलीलाई समेत बलियो बनाउँछ । अगाडि गोलो फुल एलइडी हेडलाइट, सर्कुलर डेटाइम रनिङ लाइटहरू सबैभन्दा आकर्षक डिजाइनका विशेषता हुन् । ओरा ३ मा एयरब्याग, एबिएसका साथमा इबिडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (इसिएस), ट्याक्सन कन्ट्रोल सिस्टम (टिसिएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङलगायतका सुविधा रहेका छन् ।

जिडब्लुएम नेपालले हाई भोल्टेज ब्याट्री, ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटर (जुन पहिले आउँछ) वारेन्टी प्रदान गरेको छ भने पार्टपुर्जाबाहेक सम्पूर्ण गाडीमा चार वर्ष वा एक लाख ५० हजार किलोमिटर (जुन पहिले आउँछ) उपलब्ध गराउने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?