नेपाल रेमिट र अमान एक्सचेन्जबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालि र कुवेतको अमान एक्सचेञ्ज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै कुवेतमा रहेका नेपालीलाई नेपाल रेमिटमार्फत् नेपालमा रेमिट्यान्स पठाउन अझ सहज हुने कम्पनीले जनाएको छ ।

सोसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्सचेञ्ज कम्पनी डब्लुएलएलका महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेलले हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत खनालले भन्नुभयो, ‘कुवेतको प्रमुख रेमिट्यान्स कम्पनी अमान एक्सचेन्जसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । कुवेतमा रहनुभएका नेपालीहरूले अबदेखि सहजै नेपाल रेमिटमार्फत् नेपालमा रियल टाइममै रकम पठाउन सक्नुहुनेछ ।’ सम्झौताले नेपालमा रेमिट्यान्समार्फत् देशको अर्थतन्त्र सुदृढीकरणमा थप टेवा पुग्ने नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाले बताउनुभएको छ ।

भारत सरकारले केही दिनअगाडि नेपाललगायत विदेशमा लंगग्रेन वा बासमती चामलबाहेक अन्य चामलको निकासीमा प्रतिबन्ध लगाएको र प्रतिबन्धको घोषणालगत्तै नेपाली बजारमा प्रतिपाकेटमा २०० देखि ३०० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । नेपाललगायत एसियाली मुलुकहरूमा यस वर्ष आवश्यकताभन्दा निकै कम पानी परेको र चामलको उपभोग गर्ने बानी अझै बढदै जाँदा चामलको अभावका साथै मूल्यवृद्धिसमेत हुने निश्चित नै रहेको छ ।

तत्कालीन सरकारको अदूरदर्शी नीति र माफियाको दबाबमा चिनीमा लाग्दै आएको भन्सार महसुल बढाएर ४० प्रतिशत पु¥याएको र केही समयअगाडि चिनी आयातमा भारतले गरेको निर्यातमा प्रतिबन्धका कारण चिनीको मूल्यमा विगत ४ वर्षदेखि छिमेकी मुलुक भारतमा नेपाली रुपैयाँ ३३ मा पाउने चिनी सर्वसाधारण नेपालीले भारतीय सिमावर्ती नेपाली बजारमा ७० र काठमाडौंलगायत अन्य ठाउँमा १०५ रुपैयाँ प्रतिकिलोसम्ममा किनेर उपभोग गर्नु परिरहेको छ । बिना कुनै कारण नै अहिले फेरि खाद्य तेल, विशेष गरी तोरीको तेलको मूल्यमा प्रतिलिटर ४० देखि ५० रुपैयाँ बढिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?