धादिङ । धादिङको खनियाबास गाउँपालिकाका विभिन्न विद्यालयबाट छनोट गरिएका आधारभूत तहका १५ जना शिक्षिका तथा कर्मचारीहरू बैंकक प्रस्थान गनु भएको छ । ४५ दिने ‘युनिभर्सल गुडनेस-५’ तालिममा भाग लिन उहाँहरू बैंकक जानु भएको हो । सो तालिम थाइल्याण्डको धम्मकाया फाउण्डेशनको समन्वय र खिओङ साम सब जिल्ला प्रशासनिक संगठन (स्थानीय तह) को प्रायोजनमा सञ्चालन हुनलागेको छ ।
उक्त तालिम खिओङ साम उप-जिल्लास्थित बुन कुम रंगसान स्कुल र खिओङ साम स्कुलमा सञ्चालन हुनेछ । उक्त तालिम ‘अध्ययन भ्रमण, व्यावहारिक तालिम र शिक्षक आदानप्रदान’ कार्यक्रमअन्तर्गत हुने आयोजकले बताएका छन् । तालिम आयोजना गर्न विभिन्न सहयोग, उचित प्रबन्ध र मार्गदर्शन गर्ने धम्मकाया फाउण्डेशनको भिक्षु थावन थावरो महास्थविरलाई पनि खनियाबास गाउँपालिले आभार व्यक्त गरेको छ । यस्तै तालिम कार्यक्रम प्रायोजन गर्ने खिओङ साम उप-जिल्ला प्रशासनिक संगठनप्रति पनि खनियाबास गाउँपालिकाले आभार पव्यक्त गरेको छ ।
तालिम कार्यक्रमको समन्वय र परामर्श सेवा खनियाबास गाउँपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध परामर्शदाता मियामी कन्सल्टिङ सर्भिसेजले प्रदान गरेको थियो । यस तालिम कार्यक्रमले शिक्षिकाहरूको क्षमता विकासमा सहयोग पुग्ने र खनियाबास गाउँपालिकाका विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न योगदान पुग्ने विश्वास लिइएको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच