दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । स्वर्गद्वारी गुठी पिडित किसानहरुले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् ।

आफुहरुका माग सरकारले पूरा नगरेको भन्दै मोही पिडित किसानहरु तालाबन्दीमा उत्रिएका हुन् । सरकारले पटकपटक आफुहरुसंग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दवावस्वरुप तालाबन्दी गर्नु परेको गुठीपिडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनु भयो ।

तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरुले घेरेका छन । आन्दाेलनकारीहरु गेट तोडेर कार्यालय भित्र प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । यस क्रममा प्रहरीले लाठी चार्ज गर्दा दर्जन बढी आन्दोलकारी घाइते भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?