पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन् : सांसद झा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद झाले देशमा राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, नीजि क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताउनु भयो । उहाँले केही पुराना दलहरुले आफूहरुलाई देश बिगारेउ भनेर पन्छिन खोजेको बताउनु भयो ।

उहाँले आफूहरु राजनीतिमा आएको २३ महिना, संसदमा आएको १७ महिना र सरकारमा आएको १२२ दिनमात्रै भएको भन्दै आफूहरु राम्रो काम गर्ने प्रयास गरिरहेको बताउनु भयो । उहाँले आफूहरु केही विकल्प नभएर राजनीतिमा आएको व्यक्तिहरु नभएको बताउनु भयो । उहाँले आफुहरुको विगत कमजोर नभएको भन्दै धेरै आधारहरु आफूहरुसँग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘२३ महिनामा राजनीति, १७ महिनामा सदन र १२२ दिनमा राज्यव्यवस्था बुझ्न केही बाँकी छ होला । हामी प्रयासहरु गर्दैछौँ । हामी अरु केही विकल्प नभएर राजनीतिमा आएको राजनीतिज्ञहरु पनि होइनौँ । हाम्रो विगत कमजोर पनि थिएन । हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यतिचोटी टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिइरहेको पनि छैन । हामीसँग अरु धेरै आधार छ । केही गर्न आएकै छौँ । केही गर्ने प्रयास गरिरहेका छौँ । सदन खुलेको छ खुशीको कुरा । यति दिन बन्द हुँदै गर्दा चुरे दोहनको कारणले गर्दाखेरी मधेसको पानीको सतह तल गइसकेर मान्छेहरु मध्यरातमा उठेर पानी तान्छन् र चलाउँछन् किनकी दिउँसो पानी आउँदैन । यत्रो दिन त्यो चिन्ता कहाँ गएको थियो ? डढेलो लाग्दा हामी बोल्न चाहान्थ्यौँ । आज आएर सबै सरोकार सबै चिन्ता देखाउँदै हुनुहुन्छ ?’

उहाँले यतिका दिन संसद बन्द हुँदा जनसरोकारका विषयहरुमा आफूहरुले बोल्न नपाएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?