युरिया मलको कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि सम्झौता

Read Time = 4 mins

-श्रीराम अर्जुन
हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश भित्र युरिया मल कारखाना स्थापनाको लागि आवश्यक अध्ययनका लागि काठमाडौं विश्व विद्यालयसँग सम्झौता गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बसुन्धरा हुमागाई र काठमाडौं विश्व विद्यालयका उपकुलपति प्राडा. भोला थापाले युरिया मल उत्पादन सम्बन्धी सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदनको लागि सम्झौता गर्नुभएको छ ।

प्रदेश सरकारले प्राविधिक रुपमा सहयोग गर्नका लागि काठमाडौं विश्वविद्यालय सँगको सहकार्यमा मल कारखानाको लागि अध्ययन कार्य अघि बढाइएको मन्त्री हुमागाईले बताउनुभयो । विश्वविद्यालयको मानवस्रोत, प्रविधि र ज्ञानलाई सदुपयोग गरि नीति कार्यक्रममा समेत रहेको योजनालाई कार्यान्वयन गर्न अध्ययन विस्तृत गर्नको लागिएको बताउनुभयो । ६ महिना भित्र अध्ययन सकिने र त्यसपछि आवश्यक कार्य अघि बढाइने उहाँले बताउनुभयो । संघीय सरकारसँग पनि सहकार्य गर्दै कारखाना सञ्चालन गर्न सके प्रदेश भित्र मात्र नभई देशका विभिन्न जिल्लाहरुलाई पनि सहज वातावरण सिर्जना हुने मन्त्री हुमागाईले बताउनुभयो । सरकारले कृषि औजार कारखाना र युरिया मल कारखाना स्थापना गर्न दृढताका साथ लागेको बताउनुभयो ।

ग्रीन हाइट्रोजन उपयोग गर्दै रसायनिक युरिया मल उत्पादन गरिने उपकुलपति प्रा।डा भोला थापाले बताउनुभयो । यो विस्तृत परियोजना प्रतिवेदनमा सिमित हुनु हुन्न काम गरि मल अभाव परिपूर्ति गर्न हामी लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

विश्वविद्यालयका डा. विराज सिंह थापाले मलको अभाचव भइरहेको अवस्थामा तीनवटा हावालाई मिश्रण गरेर रसायनिक मल उत्पादन गरिने बताउनुभयो । अनुसन्धानमा केन्द्रीत भई ग्रीन हाइट्रोजन मार्फत मल उत्पादन गरिने बताउनुभयो । उहाँले नेपालमा मल उत्पादन सम्भावना छ जुन वैज्ञानिक रुपमा सम्भव छ र राजनितिक रुपमा भने समस्या उत्पन्न हुनाले सम्भावना न्यून रहेको बताउनुभयो ।

उक्त कारखाना सञ्चालन गर्न सके प्रतिवर्ष २ लाख मेट्रिटन मल उत्पादन हुने जनाइएको छ । उक्त कारखाना निर्माण गर्न ६० देखि ८० अर्ब लाग्ने अनुमान गरिएको छ ।
अध्ययन साझेदारी पत्र सम्झौता गर्ने कार्यक्रममा मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, विश्वविद्यालयका डिन प्राडा. बालचन्द्र लुईटेल, इन्जिनियरहरु, मन्त्रालयका कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?