ओस्कार अवार्डको ९५औं संस्करणका लागि ‘क्राइसिस टिम’ घोषणा

Read Time = 1 min

लस एञ्जलस । ओस्कार अवार्डको ९५औं संस्करणका लागि ‘क्राइसिस टिम’ घोषणा गरिएको छ । १२ मार्चमा अमेरिकाको लस एञ्जलसमा आयोजना हुने अवार्ड समारोहमा एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्सका प्रमुख कार्यकारी बिल क्रेमरले ‘क्राइसिस टिम’ घोषणा गर्नुभएको हो । अवार्ड समारोहमा अमेरिकी अभिनेता विल स्मिथ र क्रिस रकबीच भएको घटनालाई ध्यानमा राखेर ‘क्राइसिस टिम’ गठन गरिएको हो । यसको उद्देश्य हो, अवार्डका क्रममा विवादित घटनालाई व्यवस्थित गर्नु ।

गत वर्षको ओस्कारमा स्मिथकी श्रीमतीको कपालबारे ठट्टा गरेपछि स्मिथले अवार्ड कार्यक्रमको स्टेजमै कार्यक्रम सञ्चालक क्रिस रकमाथि थप्पड प्रहार गर्नुभएको थियो । स्मिथ र क्रिस रकको घटनापछि एकेडेमी ओस्कारमा हुने धेरै कुरामा सचेत भएको जनाइएको छ । सन् २०२१ मा फ्रान्सेली अभिनेत्री कोरिन मासेरियोले स्टेजमै कपडा फुकालेर सरकारविरुद्ध विरोध जनाउनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?