जयपृथ्वी नगरपालिकाभित्रका सबै विद्यालयमा चार दिन बिदा

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले नगरपालिकाभित्रका सबै सामूदायिक र संस्थागत विद्यालयमा बिदा दिएको छ । मंगलबार आएको भूकम्पका कारण धेरै विद्यालयमा क्षति भएको र भवनहरु चर्केको अवस्थामा रहेको भन्दै नगरपालिकाले आगामी आइतबार सम्मका लागि चार दिन बिदा दिएको हो ।

भूकम्पबाट भएको क्षति र हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नगरपालिकाको शिक्षा शाखाले एक सूचनाद्वारा बिदा दिएको जानकारी गराएको छ । साथै सुचना मार्फत् यस विपत्‌को घडीमा सबैलाई सजग र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । भूकम्प मापन केन्द्रका भुकम्पविद् चिन्तन तिम्सिनाका अनुसार बझाङमा १२ वटा ठूला र ८८ वटा साना गरि १०० वटा पराकम्प गइसकेका छन् । भूकम्पका कारण बझाङका धेरै परिवार विस्थापित भएका छन् ।

अहिलेसम्म बझाङ प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक जनाको पहिरोमा परि मृत्यु एक जना महिलाको मृत्यु भएको छ भने एक सय ३५ संरचनामा क्षति पुगेको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका-११ ओखल टोलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।

प्रहरीले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार थलारामा ६० घरमा, जयपृथ्वी नगरपालिकामा ४१ घरमा, केदारस्यूँमा ५ , वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर गरि जम्मा १ सय १२ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । अझैं क्षति संख्या बढ्नसक्ने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताएकाछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?