
जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन । यही दिनलाई गणतन्त्र दिवासको रूपमा मनाउने गरिएको छ । सुरुका दिनहरूमा उत्साह र उमंगका साथ मनाइने गणतन्त्र दिवस आजभोलि त्यति उत्साह र उमंगित भएको पाइँदैन । गणतन्त्र घोषणाका सुरुका दिनहरू निकै उत्साहित थिए । कल्पना समेत नगरिएको २५० वर्षको अकंटक चलेको राजतन्त्रको बंशपरम्पराको अन्त्य गरी स्थापित गणतन्त्र दिवस मनाइँदै छ । एउटा बंश परम्पराले चलाउने व्यवस्था (राजतन्त्र) को नष्ट गरी जनताको छोरा वा छोरी राष्ट्रप्रमुख हुने प्रणालीलाई गणतन्त्रको रूपमा लिइएको छ । २०६५ साल जेठ १५ गते जनप्रतिनिधिमूलक सर्वोच्च संस्था प्रतिनिधिसभाबाट नेपाललाई गणतन्त्र नेपाल घोषणा गरिएको थियो ।
त्यही मितिदेखि जेठ १५ गतेलाई गणतन्त्र दिवस मनाउने गरिएको हो । हुन पनि सुरुका दिनहरूमा निकै उत्साहजनक ढंगले गणतन्त्र दिवस मनाइने गरिन्थ्यो तर अहिले गणतन्त्रप्रति बहुसंख्यक नेपालीहरूको मन र मस्तिष्कमा नकारात्मक प्रभाव पर्दै र बढ्दै गएको अनुभूति गरिँदै छ । यस सन्दर्भमा अब गणतन्त्रवादी राजनीतिक शक्ति वा दलहरूले आफूलाई रिभ्यु गर्न पर्ने देखिँदै छ किन भनेनन् गणतन्त्रविरोधी जनमत बढ्दै गयो । सबाल गणतन्त्रविरोधी मात्रै नभई संघीयता र धर्मनिरपेक्षताको पनि कडा विरोध भइरहेको छ । त्यसैले कुरो गणतन्त्रका साथसाथै समग्र संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै प्रहार भएको प्रष्ट देखिएको सन्दर्भमा अब पनि पारिवर्तनकारी शक्तिहरू गम्भीर हुनुपर्ने अवस्थामा ठीक उल्टो देखिनु विडम्बना हो ।
यति छिट्टै गणतन्त्रप्रति जनतामा किन घृणा र वितृष्णा बढ्यो भन्ने विषयमा अब गम्भीर समीक्षा हुनु जरुरी छ । तसर्थ गणतान्त्रिक शक्तिहरू विभाजित मनस्थिति त्यागेर एक ढिक्का हुनुपर्ने देखिन्छ । तर, लक्षण उनीहरू एक ढिक्का होलान् जस्तो देखिँदैन ।
दोस्रो जन-आन्दोलन २०६२/०६३ का मुख्य नेतृत्वकर्ता नेपाली कांग्रेस र नेकपा माओवादी अहिलेविपरीत ध्रुबमा देखिनु गणतन्त्रका लागि सुखद् मानिँदैन । नेकपा एमाले उक्त जन-आन्दोलनमा सहयोगी भूमिकाभन्दा माथि उठ्न सकेको देखिँदैनथ्यो । आज आएर माओवादी केन्द्रको भूमिका अत्यन्तै शंकास्पद देखिँदै जानु अर्को विडम्बना हो । समष्टिमा संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको आक्रमण यस्तो बेलामा भएको छ कि जहाँ गणतन्त्रवादीहरू विभाजित हुँदै गरेको स्थिति विद्यमान छ । अहिलेको ताजा राजनीतिक अवस्था गणतन्त्रविरोधीका लागि अत्यन्तै उपयुक्त देखिँदै छ । परिवर्तनकारी शक्तिहरू विभाजित मनस्थितिमा हुनु र विरोधीहरू एकताबद्ध नभए पनि कुनै विषयमा एकै ठाउँ देखिनुले गणतन्त्र धरापमा छ ।
यति छिट्टै गणतन्त्रप्रति जनतामा किन घृणा र वितृष्णा बढ्यो भन्ने विषयमा अब गम्भीर समीक्षा हुनु जरुरी छ । तसर्थ गणतान्त्रिक शक्तिहरू विभाजित मनस्थिति त्यागेर एक ढिक्का हुनुपर्ने देखिन्छ । तर, लक्षण उनीहरू एक ढिक्का होलान् जस्तो देखिँदैन । जनतामा गणतन्त्रप्रति किन यति बिघ्न अनास्था बढ्यो भन्ने विषयमा गम्भीर समक्ष्ीाा आवश्यक छ । गणतन्त्र, संघीयता र धर्म निरिपेक्षवादीहरू एक हुन जरुरी छ । होइन भने एकले अर्कोलाई नंग्याउँदै जाऊ ताकि सबैलाई संघीयताविरोधीहरूको निशान बनाउन सजिलो होस् । गणतन्त्रप्रति यति धेरै अनास्था फैलिनुको कारण खोज्नै पर्छ । रोग पत्ता लागेपछि उपचार धेरै गाह्रो छैन तर समस्या रोग पत्ता नलाग्नु वा पत्ता लागेर पनि बेवास्था गर्नु हो ।
त्यो रहस्यको विषय बनेको छ । यद्यपि झट्ट हेर्दा यो गणतन्त्रले आमनागरिकको दैनिकीलाई राहातपूर्ण सेवा प्रवाह गर्नु हो तर आज के त्यही भएको छ नेपालको राजनीतिमा ? तसर्थ राजनीतिमा आउने व्यक्ति वा पार्टीहरूमा परिपक्वता र जवाफदेहीता अनिवार्य शर्त हुन् । आज त्यसको अभाव खड्किराखेको छ । गणतन्त्र दिवस नेपाल सरकारका तीनै तहका सरकारहरूले उत्साहहीन ढंगले मनाए तर जनताले के पाए भन्ने प्रश्नको जाबाफ पाउन सकिरहेका छैनन् । लाखौं सर्वसाधारण नेपालीले खाई नखाई सहकारीमा जम्मा गरेको अर्बाैं रकम अपचलन भएको छ तर जनताको अपचलन वा ठगी भएको पैसा फिर्ता गर्ने गराउने काम आजसम्म नहुनुले नागरिकमा निराशा पैदा हुनु स्वाभाविकै हो ।
आज यो गणतन्त्रमा नेपालीहरूको विश्वास देखिँदैन । कहिलेकाहिँ त दिक्क भएर हो कि राजाकै शासन ठीक भन्नेहरूको पनि कमी छैन । यसर्थ प्रजातान्त्रिक र गणतान्त्रिक शक्तिहरूले अहिलेको जनगुनासोलाई गम्भीरतापूर्वक रिभ्यु (पुनरावलोकन) गर्न आवश्यक देखिन्छ ।
त्यसमा पनि सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्रीको नाम मुछिनु तर सरकार मौन देखिनुले पनि गणतन्त्रविरोधीलाई बल पुगेको छ । नागरिकहरू यसरी ठगिँदै जाने सरकार मौनता साँधेर बस्ने प्रवृत्तिले यो गणतान्त्रिक व्यवस्था खतराको डिलमा पुगिसकेको छ । ठूला तीन दालका कुनै पनि प्रमुख नेताहरू भ्रष्टाचारका आरोपबाट मुक्त छैनन् । आलोपालो सत्तामा यिनै रहनाले भ्रष्टाचारका कुनै केसहरूको छानविन तथा अनुसन्धान हुने सम्भावना निकै कम देखिन्छ । जति पनि भ्रष्टाचारका मामिलाहरूको छानविन तथा अनुसन्धानमा आलटाल र ढिलासुस्ती हुन्छ त्यति नै यो संघीय लोकतान्त्रिक गणतन्त्रको दिनगन्ती सुरु हुनेमा कुनै शंकै छैन । गल्ती गरेपछि के हुन्छ भन्ने दृष्टान्त हाम्रो अगाडि ज्ञानेन्द्र शाह देखिरहेका छौं । अरू त मुसाका छाउरा देवानजस्तै हो । अब कसैले पद, पैसा र शक्तिको आडमा आफूलाई प्रस्तुत नगरून् ।
अब रहृयो उत्साहविहीन गणतन्त्र दिवसले जनतालाई कस्तो सन्देश दिने हो त्यो सबैको चासोको विषय बनेको छ । व्यापक रूपमा व्यवस्था परिवर्तन भयो तर जनताको अवस्थामा परिवर्तन आएन भन्ने सन्दर्भमा नेताहरूको विचार पैदा हुन सुरु भएको आभाष पाइन थालेको छ । यसै प्रसंगमा हालैमात्र सत्तारुढ दलको प्रमुख घटक नेकपा एमालेका अध्यक्षले व्यवस्थामात्रै होइन अवस्था पनि परिवर्तन भएको कुरा बताएका छन् । त्यो विचार परिवर्तनकारी राजनीतिक शक्तिबाट आउनु स्वभाविकै भए पनि जनस्तरमा खासै परिवर्तनको अनुभूति गरेको पाइँदैन । हुन त केही भएन भन्ने होइन तुलनात्मक रूपले अध्ययन विश्लेषण गर्दा धेरै भएको पनि छ ।
प्रजातन्त्र र गणतन्त्र प्राप्तिपछिका उपलब्धि केही भ्रष्टाचारका होहल्लाले ओझेलमा परिदिएको छ । जनआन्दोलन २०४६ पूर्वको अवस्थासँग अहिलेका नेपालीको जीवनस्तरलाई हेर्न आवश्यक छ । पञ्चायती तानाशाहको शासनकालमा नेपालीको लाइफ स्ट्यायल (जीवन पद्धति) र अहिलेको अवस्थासँग कुनै तुलनायोग्य नै छैन । तथापि वर्तमानको फोहोरी राजनीतिका कारण सारा सकारात्मक उपलब्धिमाथि कालो बादलले ढाकिदिएको छ । त्यसैले जनस्तरमा गणतन्त्र दिवसको कुनै पनि उत्साह उमंग देख्न पाइएन । यो प्रजातान्त्रिक वा गणतान्त्रिक व्यवस्थाले जनतामा दिएको महत्वपूर्ण उपलब्धिको चर्चा नहुनु दुर्भाग्य हो ।
गणतन्त्र दिवस अहिले केबल औपचारिकतामा मात्र सीमित हुनु अर्को विडम्बना बनेको छ । त्यस्तै अर्को गणतान्त्रिक सरकारले कृषिमा जुन रूपले उच्च-प्राथमिकता दिनुपर्ने थियो त्यो दिन सकेन । परिणामस्वरूप मुलुक पूर्णरूपले खाद्यान्नमा परनिर्भर हुन गयो जसका कारण खध्यान्नदेखि दाल, तरकारी आदिमा अरूको मुख ताक्नुपर्ने भयो । देश पूर्णरूपले विशेष गरेर भारतसँग परनिर्भर छ । यस सन्दर्भमा नेपाली नागरिकले यस व्यवस्थाको गुणगान गाउने स्थिति देखिँदैन । त्यसैले पनि गणतन्त्र दिवस उत्साहाविहीन छ । जुन राजनीतिक व्यवस्थाले प्रत्यक्ष जनताका समस्यालाई सम्बोधन गर्दैन त्यस व्यवस्थाप्रति जनताको कुनै उत्साह हुने कुरा भएन ।
त्यही भएर आज यो गणतन्त्रमा नेपालीहरूको विश्वास देखिँदैन । कहिलेकाहिँ त दिक्क भएर हो कि राजाकै शासन ठीक भन्नेहरूको पनि कमी छैन । यसर्थ प्रजातान्त्रिक र गणतान्त्रिक शक्तिहरूले अहिलेको जनगुनासोलाई गम्भीरतापूर्वक रिभ्यु (पुनरावलोकन) गर्न आवश्यक देखिन्छ । यदि पुनरावलोकन गरिएन र कमीकमजोरी सच्याउने काम भएन भने गणतान्त्रिक व्यवस्था कुनै बेला जोखिममा पर्ने निश्चित छ । त्यसैले पनि यो गणतान्त्रिक व्यवस्थाप्रति कुनै उत्साह नदेखिएको हो भन्न अप्ठ्यारो मान्नु पर्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच