बुटवलबाट घरतर्फ आइरहेको थिएँ । मेरो सिटको छेउमा एकजना नवयुवा आएर बसे, नाम मनोज शर्मा, घर खजुरा, उमेर २२, भैरहवामा आफ्नो ठूलीआमाको छोराको क्याफेमा कफी बनाउने काम गर्ने रहेछन्, पढाइ १२ पास, पाँच वर्षअगाडि पिताको मृत्यु, ९ मा पढ्ने सानो भाइ र आमा । किन अगाडि पढेनौं भनेर सोध्दा उनले नेपालमा पढेर के गर्ने, यहाँ जागिर पाइँदैन, सोर्सफोर्स पनि छैन भने । अब के गर्छौ ? उनले भने डेनमार्क वा माल्टा गएर क्याफेमा काम गर्ने जागिरको कोसिस गरिरहेको छु, यहाँ न कुनै उद्योगधन्दा छ न त व्यापार नै, जागिरको त कुरै भएन । मनोज शर्मा जस्ता आजको नवयुवाहरूको चिन्तन यही छ विदेश गएर कमाउने किनकि नेपालमा कुनै रोजगारीको अवसर छैन । राज्य पनि चाहन्छ नेपाली युवाहरू विदेशिऊन् । गणतन्त्रको मुख्य उद्देश्य नै यही हो ।
युवा बेरोजगार हुनुमा यहाँको म्याकेले शिक्षा पद्धति हो । यो शिक्षा पद्धति भित्र्याउनमा गणतन्त्रवादीहरू मात्र दोषी छैनन् दोषी राजा महेन्द्र र वीरेन्द्र पनि थिए तर यसलाई झन विकृत पारेर स्कुललाई यशुकुल बनाउने यो गणतन्त्र नै हो । गुरुकुलीय शिक्षा पद्धतिलाई समाप्त पारी यशुकुलीय शिक्षा पद्धति लागू गर्नु नै बेरोजगारीको मुख्य कारण हो । नेपालमा अंग्रेजी शिक्षा भित्र्याउने पहिलो व्यक्ति हुन् जंगबहादुर राणा । उनले सन् १८५३ मा अंग्रेजी पढाइ हुने दरबार हाइस्कुल खोले जुन गुरुकुलीय पद्धतिको चिहान खन्ने पहिलो प्रयास थियो । आधुनिक नेपालमा खोलिएको नेपालको पहिलो संस्कृत पाठशाला महोत्तरीको मटिहानीमा विसं १७७५ सालमा खोलिएको थियो ।
नेपाल प्रायः धेरैजसो ऋषिमुनिहरूको जन्म र कर्मस्थल भएको हामी पाउँछौं । त्यो प्राचीन समयमा यहाँ गुरुकुलीय पद्धतिबाट निःशुल्क आवाशीय शिक्षा चारै वर्णका शिष्यहरूलाई गुरुहरूबाट दिइन्थ्यो । गुरुकुल अर्थात् गुरुको परिवार । शिष्यहरू ८ देखि १० वर्षको उमेरमा गुरुको आश्रममा शिक्षा आर्जन गर्न जान्थे ।
नेपाल प्रायः धेरैजसो ऋषिमुनिको जन्म र कर्मस्थल भएको हामी पाउँछौं । त्यो प्राचीन समयमा यहाँ गुरुकुलीय पद्धतिबाट निःशुल्क आवाशीय शिक्षा चारै वर्णका शिष्यहरूलाई गुरुहरूबाट दिइन्थ्यो । गुरुकुल अर्थात् गुरुको परिवार । शिष्यहरू ८ देखि १० वर्षको उमेरमा गुरुको आश्रममा शिक्षा आर्जन गर्न जान्थे र २५ वर्षको उमेरसम्म त्यहाँ ब्रहृमचर्य पालन गर्दै शिक्षा ग्रहण गर्दथे । गुरु र शिष्यहरूमा पिता र पुत्रपुत्रीको सम्बन्ध हुन्थ्यो । शिक्षा आर्जनका लागि अहिलेको जस्तो शुल्क तिर्नु पर्दैन्थ्यो तर गुरु आश्रममै बसेर शिक्षा ग्रहण गर्नुपर्ने भएकोले आवासीय शिक्षा पद्धति थियो । गुरु र शिष्य एउटै परिवार मानिन्थे ।
शिष्यहरू राजपरिवारका हुन् वा सर्वसाधारण परिवारकाले भिक्षाटन गरेर संग्रह गरेको अन्न, वनबाट ल्याएको दाउरा, तरकारी खेती गरेर, आश्रममा भएका गौमाताहरूको सेवा गरेर भोजनको प्रबन्ध गर्थे । राजा र सम्पन्न व्यक्तिहरूले गुरुकुलहरूलाई आर्थिक सहयोग गर्थे तर गुरुकुलहरू राज्यको नियन्त्रणभन्दा बाहिर हुन्थ्यो । शिक्षा समाप्तिपछि हुनेले आफ्नो क्षमता अनुसार गुरु दक्षिणा दिनुपथ्र्यो र नहुनेले पर्दैन्थ्यो । एकपटक वरतन्तु ऋषिको आश्रममा शिक्षा ग्रहण गर्ने गरिब शिष्य कौत्सले शिक्षा समाप्तिपछि गुरु दक्षिणा दिन चाहे तर उनी गरिब भएकोले वरतन्तुले गुरु दक्षिणा लिन मानेनन् । बारम्बार उनले गुरुलाई गुरु दक्षिणा माग्न जिद्दी गरेपछि ऋषि रिसाएर १५ वर्षसम्म अध्ययन गरेबापत वार्षिक एक कोटी स्वर्ण मुद्राले १५ कोटी स्वर्ण मुद्रा माग गरे ।
गरिब विद्यार्थी कहाँबाट १५ कोटी स्वर्ण मुद्रा ल्याउने, सोचमा परे तर गुरु दक्षिणा दिने अठोटबाट पछि हटेनन् । उनी राजा रघु महादानी राजा हुन् भन्ने थाहा पाएपछि उनी कहाँ गएर गुरु दक्षिणाको कुरा गरे । रघुले दानादि कार्यमा खर्च गरेर राज्यकोष शून्य पारेका थिए, आफू माटोको भाँडोमा पकाउने, खाने गर्दथे । तैपनि कौत्सका लागि उनी कुबेरको राज्यमा आक्रमण गरेर स्वर्ण मुद्रा ल्याउन आफ्नो शस्त्रास्त्रले सुसज्जित रथ तयार पारे र राति त्यहीँ सुते । बिहानै कुबेरको राज्यमा आक्रमण गर्न जान्छु भनेको उनी बिहान हुँदासम्म सुतिरहे ।
एउटा सैनिक दगुर्दै आएर राजा रघुलाई उनको दरबारमा स्वर्ण वर्षा भएको समाचार दियो । राति कुबेरले रघुको योजना र योजनाको कारण थाहा पाएपछि उनको दरबारमा स्वर्ण वर्षा गराएका थिए । राजाले हेरे त्यहाँ १५ कोटीभन्दा पनि धेरै स्वर्ण मुद्रा छन् । उनले कौत्सलाई सबै स्वर्ण मुद्रा लग्न आग्रह गरे तर कौत्सले गुरु दक्षिणालाई चाहिने १५ कोटी स्वर्ण मुद्रा लिएर गुरु दक्षिणा दिन गएका थिए ।
गुरुकुलबाट निस्केका शिष्यहरू बेरोजगार हुन पर्दैन्थ्यो किनकि त्यहाँ १४ विद्या र ६४ कला सिकाइन्थ्यो । १४ विद्यामा, चार वेद, चार उपवेद, अर्थशास्त्र, राज्य शिल्प, आर्थिक नीति र सैन्य रणनीति, धनुर्वेद, गन्धर्ववेद जसमा रंगमञ्च, नृत्य र संगीत हुन्छ, आयुर्वेद अर्थात् जीवनको विज्ञान, वेदांग जसमा संस्कृतको ध्वनात्मक विज्ञान र स्वरविज्ञान जसको उद्देश्य सही वैदिक भजन तथा मन्त्रहरूका लागि सही उच्चारणको ज्ञान दिनु, व्याकरण, निरुक्त जसमा व्युत्पत्ति कला, यसमा शब्दको अर्थ निकाल्ने सूत्र हुन्छ छन्द, ज्योतिष यो तीन शाखाहरू मिलेर बनेको छ, पारम्परिक खगोल विज्ञान, संहिता, मेदिनी ज्योतिष जसमा युद्ध, भूकम्प, राजनीतिक घटनाहरू, वित्तीय स्थिति, निर्वाचनजस्तो साधारण पारगमन घटनाहरूको देशको चिना हेर्ने ।
६४ कलाहरू धातु शाधन जसमा विभिन्न धातुहरूलाई मिश्रण र अलग गर्ने कला, वास्तु विद्या जसमा भवन निर्माण कला, शुकसारिका जसमा सुगा मैनाको भाषा बुझ्ने कला, छन्द तथा अभिधान कोष, छल विद्या जसमा चलाखीले मानिसलाई, फसाउने कला, वस्त्र गोपन जसमा वस्त्र सिलाउने कला, जलतरंग जसमा पानीले भरिएका भाँडाबाट संगीतको सृजना गर्ने कला, शैøया रचना जसमा ओछ्यान सजाउने कला, चित्रकला, अभिनय, पानक रस जसमा पेयजल र मदिरा बनाउने कला, दुर्वाचः जसमा निश्चितरूपमा कठिन शब्दको अर्थ निकाल्ने कला, आकर ज्ञानः जसमा निधि र खनिजको ज्ञान कला, वृक्षायुर्वेद जसमा बगैँचा, कुञ्ज सजाउने र बोटबिरुवाहरूमा लाग्ने रोगको विद्या पर्दथे ।
जंगबहादुरको पालामा यशुकुलको जग राखियो राजा महेन्द्र र वीरेन्द्रले यसमा पिलर थपे गणतन्त्रवादीले पूरै यशुकुलको भवन नै बनाएका छन् । यदि यी सबैलाई विस्थापित गरी शिक्षामा प्राचीन गुरुकुल पद्धति लागू गरे आज हाम्रा युवाहरू बेरोजगार भई विदेशमा श्रमदास दासी भएर जानुपर्ने अवस्था आउने थिएन ।
यसैगरी पट्टिका वेत्रवाण कला जसमा ओछ्यानको लागि कपडा बुन्ने कला, अनुशासनिक कला जसमा विनयशीलता र सभ्यताको ज्ञान, व्यायाम विद्या, विजय कौशल कला, बालक्रीडा कर्म जसमा बच्चाहरूलाई मनोरञ्जन गर्ने कला, पाक (विपाक कला अर्थात् खाना पकाउने कला, पुस्तक वाचन कला, भाषा ज्ञान जसमा अनेक भाषा देश विदेशको भाषा ज्ञान, प्रहेलिका अर्थात् कुटज्ञान, गाउँखाने कथा कला, कौचुमार जसमा कुरूप वा विकृत मानिसको अनुहारमा लालित्य र चारुता ल्याउने कला, प्रतिमाला अर्थात् अन्ताक्षरीमा योग्य ज्ञान, हस्तलाघव अर्थात् हातले शिल्पकला बनाउने कला, आकर्षण कला अर्थात् अरूलाई आकर्षित गर्ने कला पर्थे ।
काव्य समस्यापूर्ति कला अर्थात् आधा छोडिएको कवितालाई पूरा गर्ने कला, मणिभूमिका कला अर्थात् भूमिमा मणिहरूले रचना गर्ने कला, धारण मातृका अर्थात् प्राज्ञ शक्ति कला, सम्पाठ्य कला अर्थात् अरूको बोलीको नक्कल गर्ने विद्या, अत्तर विकल्प अर्थात् फूलहरूद्वारा अत्तर बनाउने कला, यन्त्रमात्रिका कला अर्थात् विभिन्न यन्त्रहरूको निर्माण गर्ने कला, गन्धयुक्ति कला अर्थात् सुगन्धित लेप र चूर्ण बनाउने कला, द्युत क्रीडा अर्थात् जुवा खेल्ने कला, क्रिया विकल्प कला अर्थात् मालसामानको प्रभावलाई बदल्ने कला, मानसी काव्य क्रीडा कला अर्थात् त्वरित काव्य रचना कला, आभूषण कला अर्थात् सुन चाँदी मोती रत्नले शरीरलाई सजाउने कला, केशशेखर कला अर्थात् किरिट, मुकुट र फूलहरूले कपाललाई सिँगार्ने कलाको ज्ञान गराइन्थ्यो ।
मेष कुक्कुट लावकः कला अर्थात् कुखुरा, भेडा, सर्प, न्याउरी मुसा लडाउने कला, माल्यग्रथन कला अर्थात् चुल्ठो, माला, तोरण, हार बनाउने कला, विशेष कच्छेद ज्ञान अर्थात् निधारमा लगाउने तिलकहरूको ढाँचा तयार गर्ने कला, मणिराग कला अर्थात् वर्ण, रंगले रत्नको पहिचान गर्ने कला, पुष्प शकटिका निमित्त ज्ञान अर्थात् स्वभाविक लक्षणले भविष्य बताउनु, तण्डुल कुसुमावली अर्थात् सेतो वर्णित चामल र फूलले चित्र वा रेखी बनाउनु, संगीत कला, नृत्य कला, केशमार्जन कला अर्थात् शिरमा तेलले मालिस गर्ने कला, उदकघातः अर्थात् जलविहार र रंगीन पानीले पिचकारी चलाउने कला, नेपथ्य कला अर्थात् मौसम अनुसार वस्त्राभूषणको चयन गर्ने कला पर्थे ।
पुष्पास्तरणः कला अर्थात् फूलहरूले कलाकृति गरेर ओछ्यान सजाउने कला, कर्णपत्रः कला अर्थात् पात र फूलहरूले कानको बालीहरू बनाउने कला, उत्सादनः कला अर्थात् शरीरमा तेल मालिस गर्ने कला, दंश वसन क्रिया अर्थात् दाँत, लुगा र तनलाई सजाउने कला, रत्नरौप्य परीक्षणः कला अर्थात् अमूल्य रत्न तथा विशेष धातुहरूको परीक्षण गर्ने कला, तुर्क कर्म कला अर्थात् चर्खा चलाउने वा चर्खाले धागो कात्ने कला, तक्षण कला अर्थात् काठमा कोरेर नक्सादि निकाल्ने कला, अक्षरमुष्टिका कथनः अर्थात् हातको मुट्ठीबाट सम्भाषण कला वा मुक कथनकला मानिन्थे ।
सूत्र सूचीकर्मः अर्थात् लुगा रफु गर्ने कला, म्लेछित कला विकल्पः अर्थात् विदेशी भाषाको ज्ञानको जानकारी हुने कला, माल्य गन्थ विकल्पः कला अर्थात् लुगाहरूका बारेमा विशेष ज्ञान राख्ने कला, मूर्तिकला जसमा रेतीले काठमा कलाकृति बनाउने, माटो, धातुहरूको मूर्ति बनाउने कला, इन्द्रजाल अर्थात् जादू, टुनामुना गर्न जान्ने कला, कायाकल्प कला अर्थात् वृद्ध व्यक्तिलाई युवा बनाउने वा आफ्नो कलाले युवाजस्तो देखिने बनाउने कला पर्दथे ।
श्रीकृष्णले सन्दीपनी ऋषिको गुरुकुलमा ६४ दिनमा १४ विद्या र ६४ कलाको ज्ञान प्राप्त गरी त्यसमा निपुण भएका थिए । उनीसंँग बलराम र सुदामाले पनि यो ज्ञान प्राप्त गरेका थिए । जंगबहादुरको पालामा यशुकुलको जग राखियो राजा महेन्द्र र वीरेन्द्रले यसमा पिलर थपे गणतन्त्रवादीले पूरै यशुकुलको भवन नै बनाएका छन् । अब हाम्रा सन्तति स्कुलमा होइन कि यशुकुलमा जाने गर्छन् । यदि यी सबैलाई विस्थापित गरी शिक्षामा प्राचीन गुरुकुल पद्धति लागु गरे आज हाम्रा युवाहरू बेरोजगार भई विदेशमा श्रमदास दासी भएर जानुपर्ने अवस्था आउने थिएन ।
जब सनातन धर्मका संरक्षक मानिने राजा त गुरुकुलका विरोधी थिए भने गणतन्त्रवादीहरू कसरी गुरुकुल पक्षधर हुन सक्छन् ? नेपाली जनताको ४० प्रतिशतभन्दा बढी संख्या विदेशी नागरिकहरूले भरिएका छन् जसलाई नेपालप्रति माया हुने कुरै भएन तब जनताले कसरी गुरुकुल पद्धतिप्रति आवाज उठाउलान् र ? तैपनि वास्तविक नेपाली जनतामा आफ्नो प्राचीन धरोहरप्रति आस्था भए हाम्रो यशुकुलीय शिक्षा पद्धतिलाई समाप्त पारी गुरुकुलीय शिक्षा पद्धतिलाई लागू गर्न सकिन्थ्यो कि ? सनातन धर्म, संस्कृतिलाई माया गर्ने जनता नेपालमा कति छन् र ? सबै पश्चिमा कुसंस्कार तथा कुसंस्कृतिको गुलाम भइसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच