चार नेपाली एसियन बडिबिल्डिङ महासंघमा निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंमा सम्पन्न एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स फेडेरेसनको इलेक्टोरल कंग्रेसले नेपालका चार नेपालीलाई फेडेरेसनका विभिन्न ओहदामा चयन गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा भइरहेको ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गत होटल याक एण्ड यतीमा भएको एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स फेडेरेसनको इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेसनको कार्यकारी उपाध्यक्ष, विजयलाल कायस्थलाई फेडेरेसनको उपाध्यक्ष, दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनीत गरेको हो ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेश राजभण्डारीका अनुसार सबै निर्वाचित सदस्यहरूको पदावधि चार वर्षको हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?