बीपी क्यान्सर अस्पतालमा कृषि बैंकको काउन्टर

Read Time = 1 min

काठमाडौं । कृषि विकास बैंक र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ ।

विगत पाँच वर्षदेखि एक्सटेन्सन काउन्टरसहित अस्पतालको आय संकलनको कार्य गरी गर्दै आएकोमा सम्झौताको म्याद समाप्त भएकाले पुनः बैंकिङ कारोबारका लागि कृषि विकास बैंक प्रदेश कार्यालय चिवतनका निर्देशक रघुनाथ न्यौपाने र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।

सो अवसरमा अस्पताल सञ्चालक समिति अध्यक्ष डा. निर्मल लामिछाने, उपनिर्देशक डा. कृष्णकुमार शर्मा, पूर्वसञ्चालक डा. विनुमा श्रेष्ठलगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?