कनकासुन्दरी गाउँपालिकाद्वारा किसानलाई भेडा वितरण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले वडा नं. ७ का किसानलाई भेडा वितरण गरेको छ ।  गाउँपालिकाकाे पशुपंछी शाखाकाे आर्थिक वर्ष २०८०/८१ काे बजेटबाट साे वडाका १८ जना भेडा पालक किसानलाई भेडा वितरण गरिएकाे कनकासुन्दरी गाउँपालिकाे पशुपंछी बिकास शाखाका प्रमुख लाल बहादुर रावतले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारकाे भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकाे ७ लाख , लाभग्राहीबाट ४ लाख २० हजार र कनकासुन्दरी गाउँपालिकाकाे २ लाख ८० हजारकाे लागतमा भेडा खरिद गरि भेडा पालक १८ जना किसानलाई भेडा वितरण गरिएको पशुपंछी बिकास शाखाका प्रमुख रावतले जानकारी दिनुभयो ।

गडुनानी साझेदारी भेडा पकेट समुहले ९० वटा भेडा र २ वटा थुमा खरिद गरेर यस समुह भित्रका १८ जना किसानलाई एक जना व्यक्ति बराबर पाँच वटा भेडा वितरण गरिएकाे छ । उक्त समुहमा २७ जना सदस्यमध्ये पहिलाे पटकमा १८ जना भेडा पालक किसानलाई भेडा वितरण गरिएकाे हाे ।

जिल्ला अरु स्थानीय तहभन्दा कनकासुन्दरी भेडा पालनकाे उपयुक्त ठाउँसमेत हाे । पालिकामा भेडा पकेट कार्यक्रम रहेकाले यस भन्दा पहिलेका वर्षहरुमा पनि अन्य वडामा पनि भेडा वितरण गरेकाे गाउँपालिका अध्यक्ष दामोदर आचार्याकाे भनाइ छ ।  भेडा पालक किसानका समुहलाई आत्मनिर्भर बनाउनदेखी व्यवसायीक रुपमा अघि बढ्नका लागि यहाँका स्थानीयवासिलाई भेडा वितरण गरेको गाउँपालिकाकाे पशुपंछी बिकास शाखाले जनाएको छ ।

जुम्लामा ८४ हजार भेडा

जुम्ला जिल्लामा अहिले ८४ हजार ३८८ भेडाकाे संख्या रहेको जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्याङ्कले उल्लेख गरेको छ । बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिनुभयो । पाँच वर्षअघि भेडापालनको सङ्ख्या घटेको भन्दै अहिले उक्त सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको छ । कार्यालयबाट भेडा पालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधिक तालिम दिँदै आइएको कार्यालयका प्रमुख बुढ्थापाकाे भनाइ छ। पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षित हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएकाे पातारासिका स्थानीयवासि मुनबहादुर ऐडिले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?