
ओखलढुंगा । समुदायमा जातिय विभेद अझै कायमै रहेको दलित समुदायका नागरिकले गुनासो गरेका छन् ।
१८ औँ जातिय भेदभाव उन्मुलन राष्ट्रिय दिवसको अवसरमा नेपाल दलित संघ ओखलढुंगाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
नेपाल दलित संघ जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको कार्यक्रममा जिल्ला भरीका दलित समुदायका नागरिकहरुको उपस्थिति रहेको थियो । नेपाल दलित संघका जिल्ला अध्यक्ष होमबहादुर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनाल, प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकाल, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय जिल्ला सरकारी वकिल विश्वास सुनुवार लगायतको उपस्थितीमा कार्यक्रम सन्चालन भएको थियो । नेपाल दलित संघ नेपाली कांग्रेसको जिल्लाको भातृ संगठन हो ।
कार्यक्रममा सहभागी दलित समुदायका नागरिकले गाउँघरमा अझै पनि जातिय विभेद नहटेको गुनासो गरेका छन् । सर्वसाधारण नागरिक देखि राज्य समेतले विभेद गरेको आरोप लगाएका छन् । नेपाल सरकारले थर परिवर्तन गर्न पाउने अधिकारको सुनिश्चित गरेको भए पनि वडा कार्यालयले सिफारीस दिन नमान्ने गरेको गुनासो गरेका छन् । जातिय विभेदका मुद्दालाई राज्यले फितलो रुपमा हेर्ने गरेकाले जातिय विभेदको अन्त्य गर्न संभव नभएको सहभागीले बताएका थिए । दलित समुदायका नागरिकहरु न्यायका लागि सम्बन्धित निकाय सम्म आइपुग्न नसक्ने र आईपुगे पनि सहज न्याय पाउन नसकेको दलित अगुवाहरुले गुनासो गरेका छन् ।
दलित समुदायका नागरिकले उठाएका सवालको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी ढकालले जातिय विभेदका मुद्दालाई कडाई गर्ने बताउनु भयो । अबका दिनमा पनि जातिय विभेद उन्मुलन गर्न आफ्नो तर्फबाट निर्दयी भएर प्रस्तुत हुने समेत बताउनु भयो । त्यसै गरी कार्यक्रमका प्रमुख अतिथी सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजन खनाल (तेजेन्द्र) ले जातिय विभेद अन्त्य गर्न तथा दलित समुदायको उत्थानका लागि बिगत वर्ष देखि नै बजेटको ब्यवस्था गर्दै आएको र अबका दिनमा थप बजेटको ब्यवस्था गर्ने बताउनु भयो । नगरप्रमुखको हैसियत र आफ्नो ब्यक्तिगत हैसियमा पनि जातिय विभेद हटाउनको लागि जस्तोसुकै परिस्थिति आए पनि अबिचलित भई काम गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । कार्यक्रममा बोल्दै अतिथी तथा दलित अगुवाहरुले जातिय विभेद उन्मुलन गर्न दलित समुदायका नागरिकहरु नै जागरुक भएर लाग्नु पर्ने बताएका छन् ।
नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्गत धारा २४ मा छुवाछुत तथा भेदभाव बिरुद्धको हकको व्यवस्था गरिएको छ । उक्त धारामा भनिएको छ; ‘कुनै पनि ब्यक्तिलाई नीजको उत्पति, जातजाति, समुदाय, पेशा ब्यावसाय वा शारिरीक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच