![प्राकृतिक सम्पदामार्फत आत्मनिर्भरतातर्फ उन्मुख म्याग्दी](https://ehimalayatimes.com/wp-content/uploads/2022/12/Janaki-mandir-ma-laijana-kaligandaki-ma-sila-kojidai-myagdi.jpg)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट दोस्रो चरणअन्तर्गत फुटबल खेल्न जाने नेपाली राष्ट्रिय टिमलाई बिदाइ गरेको छ । नेपाली टिमले युएई र यमनसँग खेल्नेछ । नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरेबियाको दमाममा खेल्दैछ ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली खेलाडीले देशको प्रतिनिधित्व गर्दै राम्ररी खेली अंक बटुल्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाली टिमका कप्तान किरण चेम्जोङको नेतृत्वमा नेपालीले सानदार खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले खेलको प्रशिक्षण धेरै राम्रो भएकाले दृढ आत्मविश्वास लिएर प्रतिस्पर्धामा जान लागेको सुनाउनुभयो । राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यसपटक खेलको राम्रो तयारी भएको बताउनुभयो ।
नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरबको दमाममा खेल्ने तय भएको थियो । छनोटको अन्तिम प्रतिस्पर्धाका रूपमा यमनविरुद्ध ११ जुनको ‘अवे म्याच’ पनि साउदीमै हुँदैछ । मुख्य प्रशिक्षकले यी दुई प्रतियोगिताका लागि आइतबार नै २३ सदस्यीय टोली घोषणा गर्नुभएको थियो ।
टोलीमा गोलकिपर : किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार ।
रक्षक : अनन्त तामाङ, अभिषेक लिम्बू, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई ।
मिडफिल्डर : भरत खवास, लाकेन लिम्बू, मनिष डाँगी, वसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई ।
फरवार्ड : जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच