दशैको टीका लगाएर बेपत्ता भएकी बृद्धा सात दिनपछि सकुशल फेला

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङमा बेपत्ता भएकी बृद्धा सात दिनपछि सकुशल फेला परेकी छन् ।

दशैको टीका अर्थात ७ कार्त्तिक दिउँसोदेखि घरै नजिकबाट बेपत्ता भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्क बसेरीकी ६८ वर्षीया जैसीमाया ढुंगाना सोमबार (आज) फेला परेकी हुन् ।

बृद्धाका आफन्त नरेन्द्र ढकालका अनुसार आमालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा टारी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ सिमाना दिखुवा खोलापुलको माथि पहरामा बिहान ११ः५० बजे सकुशल बसिरहेको अवस्था भेटिएकोहो ।
बृद्धा आमा सकुशल भेटिएकाे र उनले आफन्त तथा सबैलाई चिन्ने अवस्थामा रहेकाे ढकालले बताउनुभयाे ।

प्रहरीले पनि बृद्धा भेटिएको अफिसियल फेसबुक मार्फत् जानकारी दिएको छ । सहयोगी महानुभावहरुमा आभार, आमा भेटिनु भाको छ । प्रहरीले फेसबुकमा लेखेको छ ।

बृद्धाको स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पतालमा ल्याईदै गरेको डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयाे । 'आमा सात दिनसम्म हराउनु भयो, परिवारबाट टाढा हुनु भयो । स्वास्थ्यमा केही समस्या छ/छैन भनेर जाँचगर्न प्रहरीले गाडीमा आमालाई अस्पताल ल्याउँदै छ । स्वास्थ्य चेकजाँचपछि आमालाई परिवारको जिम्मा लगाउँछौ,' डिएसपी खडकाले भन्नुभयाे ।

आमा भेटिएको स्थानीयले खबर गरेका थिए । बेपत्ता बृद्धाको आफन्त, स्थानीय र प्रहरीले खोजी गर्दा नभेटेपछि शनिबार र आईतबार प्रहरीको तालिम प्राप्त दुई वटा कुकुर परिचालन गरी बृद्धाको खोजी पनि गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?