नेदरल्याण्डसँग खेल्नुअघि युलेसस्थित पशुपतिनाथ र बौद्ध विहारको दर्शन गर्न पुगे नेपाली क्रिकेट टोली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । आइसिसि टि २० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ ।

नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नुअघि नेदरल्याण्डसँग भिड्नुअघि टेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टि २० विश्वकपअन्तर्गत नेदरल्याण्डसँग आफ्नो खेल खेल्दैछ । खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट शुरु हुनेछ । पूजाआजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल तयारीको हिसावले सम्पूर्ण रुपमा राम्रो तयारी गरिरहेको बताउनु भयो ।

उहाँले नेपालले वेस्टइण्डिज र अमेरिकामा गरी करिव एक महिना तयारी गरिसकेको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको बताउनु भयो । उहाँले २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी रहेको बताउनु भयो । उहाँले । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तयारीको हिसावले हामी राम्रो तयारी गरेका छौँ । टिम एकदम उत्साहित छ । मलाई लाग्छ अब एक महिना दिनको तयारी छ । रिजल्ट राम्रै दिन्छ भन्ने छ । २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी छ । त्यो बेलामा यस्तो खालको तयारी कम हुने गर्दथ्यो । अहिलेको टिमले पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा छ । खेलाडीहरुले खेलेर उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने हो । उच्च मनोबलका साथ खेल्नुस् भनेका छौँ । सब खेलाडी उत्साहित हुनुहुन्छ । टियुकै झल्को दिनेगरी दर्शकहरुको उपस्थिति हुनेछ ।’

उहाँले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल्न आग्रह गरेको र सबै खेलाडीहरु उत्साहित रहेको बताएनु भयो । उहाँले दर्शकको उपस्थिति पनि बाक्लो रहने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?