काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित हुनुभएको छ । चलचित्र यसअघि प्रमुख भूमिकामध्ये एकमा टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित ‘कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित हुनुभएको थियो । यी चार कलाकारसँगै यो चलचित्रको लाइनअप पूरा हुने क्रममा रहेको निर्देशक सशान कँडेलले जानकारी गराउनुभयो ।
यही चलचित्रबाट डेब्यु गर्न लाग्नुभएकी रिहान गिरी भुटानी नागरिक हुनुहुन्छ । उहाँ नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्टसमेत हुनुहुन्छ । अर्को प्रमुख भूमिकामा अनुबन्ध हुनुभएका पदम तामाङ भारतको सिक्किमका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ सिक्किममा बहुचर्चित कमेडी कलाकार हुनुहुन्छ ।
यस्तै, चलचित्रमा अनुबन्धित हुनुभएकी सिम्रनले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिनुभएको छ । उहाँले केही गीतका भिडिओ र एक दर्जन विज्ञापनमा अभिनय गर्नुभएको छ । चलचित्र होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने निर्देशक कँडेलले बताउनुहुन्छ ।
‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेख्नुभएको छ । यसको कथा भने निर्देशक कँडेलले नै लेख्नुभएको हो । चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शंकर कोइराला, सहनिर्माताहरू सुधा मरहठ्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुनुहुन्छ भने लाइन प्रोड्युसर कर्ण कार्की रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच