काठमाडौं । द्वन्द्वकालमा भएको घटनासँग सम्बन्धित माओवादी नेता अग्नि सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतले असार १२ गते निर्णय सुनाउने भएको हो।
काभ्रेका अर्जुन लामाको हत्याको विषयमा पूर्वसभामुख समेत रहेका सापकोटामाथि छानबिनको माग गर्दै परेको रिटमाथि १२ वर्षपछि सर्वोच्चले निर्णय दिने मिति तय गरेको सहायक प्रवक्ता गोविन्द प्रसाद घिमिरेले जानकारी दिनुभयो।
संवैधानिक इजलासले गत वैशाख १२ गतेदेखि उनीविरुद्धको रिटको अन्तिम सुनुवाइ थालेर हेर्दाहेर्दैमा राखेको थियो।
बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले सापकोटासँग सम्बन्धित तीनवटा रिटमा आदेश सुनाउने मिति तोकेको हो।
२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा, सूर्यमान दोङसहित माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गर्नुभएकाे थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच