माओवादी केन्द्रसहित कम्युनिष्टमा वैचारिक संकट : उपप्रधानमन्त्री श्रेष्ठ

Read Time = 2 mins

महोत्तरी । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफुले मन्त्री बनेदेखि नै सम्बन्धित् क्षेत्रमा सुशासन स्थापित गर्न लागिपरेको बताउनु भएको छ ।

महोत्तरीस्थित बर्दिबासमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विकासको मुख्य मेरूदण्डको रुपमा रहेको सुशासन स्थापित गर्न आफू लागिपरेको बताउनु भयो ।

यातायात र भौतिक पूर्वाधारको क्षेत्रमा चरम बेथिति रहेको स्वीकार्दै उहाँले सुशासन स्थापनासँगै यसको सावधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । नेपालमा वैचारिक र सांस्कृतिक अवस्था स्खलित भएको हुनाले कम्युनिष्टहरू उपभोक्तावादको शिकार भएको उहाँले बताउनु भयो ।
माओवादी केन्द्रमासमेत वैैचारिक संकट रहेको स्वीकार गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, ‘ कम्युनिष्ट आन्दोलनलार्इ जीवन्त बनाइराख्न रुपान्तरण गर्दै पुनःगठनको प्रक्रियामा लैजानुपर्छ ।’

वैचारिक र सांस्कृतिक अवस्थालाई मध्यनजर गर्दै मन्त्री श्रेष्ठले कम्युनिष्टहरूमा एकताको आवश्यकता औँल्याउनु भयो ।
विशाल बस्नेत

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?