काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
आफूसमेत सहभागी भएको सरकारको विकल्पमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण बनाएपछि कांग्रेसले अहिले बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो।
सभापति शेरबहादुर देउवाले मंगलवार दिउँसो ३ बजेपछि आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको थियो, सो बैठक जारी छ ।
सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको पुरानो गठबन्धन तोड्दै एमालेसहितको नयाँ समीकरण बनाएपछि कांग्रेस रुष्ट बनेको छ ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ । सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी र रास्वपाबाट एक—एक जनालाई विना विभागीय मन्त्री बनाउनु भएको छ।
माओवादीले गठबन्धन बदलेपछि कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म आफ्नो रणनीति बनाउने भएको छ । माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र प्रदेशमा माओवादीका मन्त्री बर्खास्त गर्ने नीति लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच