ताप्लेजुङ । ताप्लेजुङमा रहेका ‘बी’ डिभिजनका आठवटा क्लबमध्ये सिर्जनशील सामाजिक समाज खोक्लिङ (मिक्वाखोला) र नवप्रयास युवा क्लब हाङदेवा (फुङलिङ) ‘ए’ डिभिजनमा बढुवा भएका छन् । जिल्ला लिग फुटबल प्रतियोगिता अन्र्तगत ‘बी’ डिभिजनको खेलबाट उत्कृष्ट दुईमा पर्ने उल्लिखित दुई क्लबका फुटबल टिम ‘ए’ डिभिजनमा बढुवा भएका हुन् । बाँकी ६ टिम ‘बी’ डिभिजनमा रहनेछन् । ‘बी’ डिभिजन लिगको उपाधि सिसास समाज खोक्लिङले हात पारेको छ । उसले नवप्रयासलाई ५-० ले हराएको थियो ।
प्रतियोगिताको विजेता टिमले नगद ३० हजार तथा उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । ‘ए’ डिभिजनमा रहेका ६ वटा क्लबबीचको जिल्ला लिग भने भइरहेको छ । आठराई त्रिवेणी गाउँपालिका-५ चाँगेस्थित चाँगे माविको खेलमैदानमा भइरहेको ‘ए’ डिभिजन लिगका खेलमा पुछारमा रहने दुई टिम ‘ए’ डिभिजनबाट ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।
बाँकी चार टिम भने यथास्थानमा रहनेछन् । ताप्लेजुङ जिल्ला फुटबल संघका महासचिव दिनेश खवासका अनुसार यहाँ ‘ए’ डिभिजनमा ६ तथा ‘बी’ डिभिजनमा आठ गरी फुटबलका १४ वटा क्लब छन् । ‘ए’ डिभिजन लिगको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच