काठमाडौं । बाल उद्धार माध्यमिक विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यरूपमा सम्पन्न गरेको छ । विसं २०४६ साल जेठ २३ गते स्थापना भएको विद्यालयले स्थापना भएकै दिन पारेर बुधबार आफ्नो ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
काठमाडौंको बुढानीलकण्ठ वडा नं. १० मा रहेको कक्षा नर्सरीदेखि १२ सम्म सञ्चालित विद्यालयले आयोजना गरेको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको प्रमुख अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ रहनुभएको थियो । त्यसैगरी सो समारोहमा विशेष अतिथिका रूपमा जनवादी गणतन्त्र चीन नेपालका डेपुटी चिफ अफ मिसनका वाङ छिन, बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, बुनपाका नगर प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईलगायत रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पर्यटनमन्त्री तामाङले मन्तव्य राख्नुहुँदै विद्यालयले शैक्षिक गुणस्तरमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विद्यालयको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयको प्रगतिबाट यसको भविष्य मैले उज्ज्वल देखिराखेको छु । त्यसैले यो विद्यालयको उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’
उहाँले देश विकासको आधारभूत पक्ष भनेकै शिक्षा भएकाले शिक्षाको विकास नभई देश विकास हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले विद्यमान परम्परागत शिक्षा नीतिलाई परिवर्तन गर्दै नयाँ शिक्षा नीति बनाउने प्रक्रियामा सरकार लागेको जानकारी दिनुभयो । मन्त्री तामाङले २०२८ सालको परम्परागत शिक्षा नीतिलाई विस्थापित गर्दै संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्न सरकार लागेको बताउनुभयो । उहाँले शिक्षा गुणस्तरीय, व्यावहारिक र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो । नेपालमा रोजगारमूलक र विश्व प्रतिस्पर्धी शिक्षाको आवश्यकता रहेको उहाँले औंल्याउनुभयो ।
त्यसैगरी सोही कार्यक्रमको विशेष अतिथिका रूपमा रहनुभएका बुढानीलकण्ठ नगरपालिकाका नगर प्रवक्ता एवं विद्यालय रहेकै वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले मन्तव्य राख्नुहुँदै विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तरमा अझै प्रगति गर्ने विश्वास राख्दै विद्यालयलाई बुढानीलकण्ठ नगरपालिका तथा वडाका तर्फबाट आवश्यक सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी रहने बताउनुभयो ।
सो कार्यक्रममा विद्यालयमा अक्षयकोष स्थापना गरी आर्थिक सहयोग गर्नुहुने अक्षयकोषदाता सूर्यबहादुर अधिकारीलाई प्रमुख अतिथि मन्त्री तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे र प्रधानाध्यापक विनोद पण्डितले संयुक्तरूपमा सम्मान गर्नुभयो । यसैगरी कार्यक्रममा विगत वर्षहरूमा विद्यालयमा अध्ययन गरी देशका महत्वपूर्ण क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित हुने पूर्व विद्यार्थीहरूमा दिवाकर प्याकुरेल, राज बराइली, शिव श्रेष्ठ, रोशन बोहोरा, सागर गिरी, मुना भट्टराई, पेमछिरी शेर्पा, प्रदीप खतिवडा, राजेश कार्की, माधव पौडेल, विमल लामा, शिव अधिकारी, कर्ण लामा, सन्तोष आले मगर र अनिल मल्ल ठकुरी रहनुभएको छ ।
त्यस्तै, विद्यालयले गत वर्ष २०८० सालमा सञ्चालन गरेका इसिए र सिसिएअन्तर्गतका विभिन्न विधाका प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडलसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका नवनियुक्त सहायक प्रधानाध्यापक मुरारीकुमार ढकाल र शिक्षक प्रतिनिधि सन्तोष लुइटेललाई सम्मान गरिएको थियो । यसका साथै सोही समारोहमा विद्यालयले आयोजना गरेको पुनर्ताजगी तालिममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरियो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले आफ्नो पहिलो तीनवर्षे कार्यकालमा भौतिक पक्षमा ध्यान दिएको र अब दोस्रो कार्यकालमा आफू शैक्षिक गुणस्तर अभिवृद्धिमा लाग्ने जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी, अभिभावक, शिक्षक, विद्यार्थी, चन्दादाता, स्थानीय पत्रकार, सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक अवस्थाबारे प्रधानाध्यापक विनोद पण्डितले जानकारी दिनुभएको थियो । कार्यक्रमलाई विद्यार्थीहरूका विभिन्न गीत तथा नृत्यले आकर्षण थपेको थियो ।
कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू तृष्णा अधिकारी र प्रयुषा पोखरेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा विद्यालयका शिक्षक वासुदेव गुरागाईले कार्यक्रम सञ्चालकद्वय अधिकारी र पोखरेललाई कार्यक्रम उद्घोषण कलाको उच्च मूल्यांकन र प्रशंसा गर्दै पाँच÷पाँच हजार नगद पुरस्कारबाट सम्मान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच