नयाँ पाठ्यक्रम र मूल्यांकनबारे शिक्षकहरूलाई तालिमदिदै धनगढी उपमहानगर

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ पाठ्यक्रम र मूल्यांकन पद्धतिको विषयमा शिक्षकहरूलाई तालिम दिन सुरु गरेको छ ।

पाठ्यक्रम र मुल्यांकन प्रणालीको सही प्रयोग सम्बन्धी तालिम दिन सुरू गरिएको हो । पाठ्यक्रममा विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकन आन्तरिक रुपमा प्रयोगात्मक र वाह्य रुपमा लिखित परीक्षागर्ने व्यवस्था गरिएको छ। पाठ्यक्रमले निर्दिष्ट गरेअनुरुप शिक्षक-शिक्षिकाहरूलाई पठनपाठन र मूल्यांकन गर्न दक्ष बनाउन उपमहानगरपालिकाले विज्ञ स्रोत शिक्षकमार्फत तालिम दिन थालिएको विज्ञ स्रोत शिक्षक गणेशराज भट्टले बताउनुभयो ।

‘धनगढी उपमहानगरपालिकाले परिवर्तित पाठ्यक्रम र मूल्यांकन प्रणालीलाई प्रयोग गर्न सक्ने बनाउन शिक्षक-शिक्षिकाहरूलाई तालिम दिन थालिएको हो’, उहाँले भन्नुभयो, ‘पाठ्यक्रमको प्रयोग र सिकाइ उपलब्धिको मूल्यांकन गर्न शिक्षकहरूलाई दक्ष बनाउन सुरू भएको तालिम पहिलो चरणमा धनगढीका नमुना विद्यालयबाट सुरूभएको छ।’

अहिले कक्षा १ देखि ३ सम्मकुनै पनि किसिमको परीक्षा नलिइ विद्यार्थीको निरन्तर मूल्यांकन गर्नुपर्ने व्यवस्था छ । यस्तै, कक्षा ४ देखि ८ सम्म ५०प्रतिशत प्रयोगात्मक र ५० प्रतिशत लिखित परीक्षा गर्नुपर्ने व्यवस्था गरिएको छ । कक्षा९ देखि १२ सम्म हरेक विषयमा २५ प्रतिशत प्रयोगात्मक र ७५ प्रतिशत लिखित परीक्षा हुने मूल्यांकन प्रणाली छ।

बदलिएको पाठ्यक्रम र मुल्यांकन प्रणालीको विषयमा जानकारी दिन उपमहानगरपालिकाले सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षक-शिक्षिकाहरूलाई तालिमदिनथालेको विज्ञ स्रोत शिक्षकभट्टले बताउनुभयो । विगतमा त्रैमासिक, अर्धवार्षिक र एक सय पूर्णाङ्कको वार्षिक परीक्षालिएर विद्यार्थीको मूल्यांकन गर्नुपर्ने व्यवस्था अहिले बदलिएको छ ।

अहिले कक्षा कोठामै शिक्षकले पढाएको विद्यार्थीले सिक्यो कि सिकेन भनेर मूल्यांकनगर्नुपर्ने पद्धति विकास गरिएको छ । जसकालागि परियोजनाकार्य, कक्षाहाजिरी, मौखिक परीक्षा जस्ता कुरालाई पनि मूल्यांकनको आधार मानिएको छ। पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धि हासिल गर्न र मूल्यांकनका लागि तोकिएका सबै साधनको प्रयोग गर्न सक्षम बनाउन तालिमदिन थालिएको विज्ञ स्रोत शिक्षक भट्टको भनाइ छ ।

धनगढी उपमहानगरपालिकाले विद्यालयमा अध्यापनरत शिक्षकहरुको क्षमता विकासका लागि पाठ्यक्रम र मूल्यांकन सम्बन्धि तालिममा सम्पूर्ण शिक्षक-शिक्षिकाले सहभागी हुनुपर्ने नियम बनाएको छ । नगरपालिकाले नियुक्त गरेका विज्ञ स्रोत शिक्षकले सम्बन्धित विद्यालयमै गएर तालिम दिने व्यवस्था मिलाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?