काठमाडौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ३:१ सेटमा पराजित गर्यो । खेलको पहिलो सेट २२-२५ ले गुमाएको एपिएफले त्यसपछिका लगातार तीन सेट आफनो पक्षमा पार्दै जित हासिल गर्यो ।
एपिएफले खेलको दोस्रो सेट २५-१२, तेस्रो सेट २५-१४ र चौथो तथा अन्तिम सेट २५-१९ ले आफ्नो पक्षमा पार्यो । जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको एपिएफले यसअघि बूढानीलकण्ठ क्लबलाई ३:१ को सेटमा हराएको थियो । त्यसैगरी यसअघि भएको खेलमा एपिएफ गण्डकी प्रदेशसँग ३:१, नेपाल पुलिससँग ३:२ तथा आर्मी र हेल्प नेपालसँग समान ३:० सेटको हार ब्यहोरेको थियो ।
प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेको छैन । कोशीले यसअघि आर्मी, हेल्प नेपाल, गण्डकी र नेपाल पुलिसँगको समान समान ३:० तथा सुदूरपश्चिसँगको खेल ३:१ सेटमा पराजित भएको थियो ।
आजै भएको महिलातर्फको खेलमा न्यु डायमन्डले कर्णाली प्रदेशलाई ३:० र एभरेस्टले एपिएफलाई ३:२ को सेटमा पराजित गर्दै विजयी भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच