![फेशन डिजाइनमा उषा](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/USha-Shibakoti.jpg)
काठमाडौं । बजेटयता निरन्तर घट्दोक्रममा रहेको सेयर बजार यस साताको अन्तिम दिन बिहीबार पनि १.९३ अंकले घटेर २०७७.७८ अंकमा झरेको छ । बुधबार ५.५८ अंक घटेर २०७९.७१ अंकमा झरेको थियो । बिहीबार तीन सय २२ कम्पनीका ८८ लाख १३ हजार तीन सय ७४ कित्ता सेयर चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २१ रुपैयाँमा कारोबार भएका छन् । अघिल्लो दिन तीन अर्ब ९९ करोड २९ लाखको कारोबार भएको थियो ।
व्यापारसहित पाँच समूहगत सूचक बढेका छन् भने आठवटा घटेका छन् । व्यापार १.९६ प्रतिशतले बढेकोमा लघुवित्त, हाइड्रोपावर, लगानी र होटल तथा पर्यटनमूलक एक प्रतिशतभन्दा थोरैले बढेका छन् । तर, आज फाइनान्स सर्वाधिक २.०८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड ६८ लाख ४ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने सिइडिबी हाइड्रोपावरको १४ करोड ४५ लाख, पोखरा फाइनान्स १४ करोड १३ लाख, हिमालयन लघुवित्त १० करोड २७ लाख र सुपर मादी हाइड्रोपावरको सात करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।
इमर्जिङ नेपाल लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर ९.८८, माण्डु हाइड्रोपावर ८.४३, सुपर मादी हाइड्रोपावर ७.५८, सिटिजन म्युचुअल फण्ड-२ को ७.०७, मन्दाकिनी हाइड्रोपावर ६.७७, ग्लोबल आइएमई लघुवित्त ६.६९ र नेपाल हाइड्रो डेभलोपरकोे ६.६६ प्रतिशतले बढेको छ । तर, माईखोला हाइड्रोपावरको भने ६.४० प्रतिशतले घटेर तीन सय ६८ रुपैयाँमा झरेको छ ।
त्यसैगरी ज्योति विकास बण्ड २०८७ को ५.५३, नारायणी डेभलपमेन्ट बैंक ५.३१, पोखरा फाइनान्स ५.१२ र स्वाभिमान लघुवित्तको सेयर ४.५६ प्रतिशतले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ९४ अर्ब ७४ करोड १७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिन ३२ खर्ब ९७ अर्ब ८१ करोड २५ लाख रुपैयाँ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच