राजविराज । सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैटौं संस्करणअन्तर्गत लिग चरणको सबै खेलहरू सकिएसँगै प्ले-अफ समीकरण पूरा भएको छ । पाँच खेलपछि आठ अंकसहित छिन्नमस्ता पहिलो, सात अंकसहित तिरहुट टाईगर्स दोस्रो, समान सात अंक भए तापनि नेट रन रेट कञ्चनरूप राइनोज तेस्रो तथा ६ अंकसहित सनराइज तिलाठी कोइलाडी चौथो स्थानमा रहेर प्ले-अफ प्रवेश गर्न सफल भएका छन् ।
प्रतियोगिताको पहिलो क्वालिफायर आज (शनिबार) छिन्नमस्ता लायन्स र तिरहुट टाईगर्सबीच हुनेछ जुन खेलको विजेता फाइनल प्रवेश गर्नेछ । यस्तै आजनै इलिमिनेटरमा कञ्चनरूप राइनोज र सनराइज तिलाठी कोइलाडी प्रतिस्पर्धा गर्नेछन् । इलिमिनेटरको विजेता टिमले पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ जुन खेलको विजेता टिम फाइनल प्रवेश गर्नेछ । दोस्रो क्वालिफायर आइतबार तथा फाइनल खेल सोमबार हुनेछ ।
पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न शुक्रबारको पहिलो खेलमा तिरहुट टाईगर्सले बलान बिहुल सुपर किंग्सलाई ९० रनले पराजित गरेको थियो । तिरहुटले दिएको १८५ रनको लक्ष्य पछ्याएको बलान बिहुलले १४.५ ओभरमा ९४ रनमा सबै विकेट गुमाएको थियो ।
बलान बिहुलको लागि साहब आलमले सर्वाधिक ३९ रन, पप्पु यादव र सौरभ झाले समान १४ रन योगदान दिनुभयो । तिरहुटको बलिंगमा अनिल यादव र अभिषेक कार्कीले समान तीन विकेट लिनुभयो । अनिलले तीन ओभरमा १० रन तथा अभिषेकले तीन ओभरमा मात्र पाँच रन खर्चिनुभयो । रुपेश सिंहले दुई तथा दिपेश कँडेल र बसिर अहमदले एक÷एक विकेट लिनुभयो ।
यसअघि टस जितेर ब्याटिङ गरेको तिरहुट टाइगर्सले निर्धारित १५ ओभरमा तीन विकेट गुमाएर १८४ रन बनाएको थियो ।
टाइगर्सको लागि बसिर अहमदले आक्रामक अर्धशतकीय पारि खेल्नुभयो । राष्ट्रिय क्रिकेटरसमेत रहनुभएका उहाँले ३२ बलमा चार चौका र सात छक्का प्रहार गर्नुभएको थियो । यस्तै, अमित यादवले मात्र १८ बलमा ४८ रन बनाउनुभयो । रूपेश सिंहले १५ बलमा पाँच चौका र एक छक्का मद्धतले अविजित ३० रन तथा शंकर रानाले १७ बलमा तीन चौका मद्दतले १८ रन बनाउनुभयो ।
बलिङतर्फ बलान बिहुलका बब्बु गोठीयाले दुई तथा शाहब आलमले एक विकेट लिनुभयो । शुक्रबारको दोस्रो खेलमा राजविराज राजदेवी एघारले सनराइज तिलाठी कोइलाडीलाई सात विकेटले पराजित गरेको थियो । प्ले-अफ चरण पुग्न जित्ने पर्ने खेलमा राजविराज राजदेवी एघारले दिएको १९० रनको लक्ष्य तिलाठी कोइलाडीले १६.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।
तिलाठी कोइलाडीको लागि विनोद भण्डारीले सर्वाधिक ६९ रन योगदान दिनुभयो । प्लेयर अफ द म्याचसमेत घोषित भण्डारीले ४४ बलमा चार चौका र ६ छक्का प्रहार गर्नुभएको थियो । यस्तै रोविन सिंहले ३४, विशाल सुश्लिंगले २९, नारायण जोशीले अविजित २३ तथा तृतराज दासले १९ रन योगदान दिनुभयो । राजविराज राजदेवीको बलिंङमा श्रवन यादव र राजनीत कुमारले एक-एक विकेट लिनुभएको थियो ।
यसअघि टस जितेर ब्याटिङ गरेको राजविराज राजदेवी एघारले २० ओभरमा ६ विकेट गुमाएर १८९ रन बनाएको थियो । राजविराजको लागि हिमांशु दत्ता र श्रवन यादवले अर्धशतकीय योगदान दिनुभयो । हिमांशुले ४६ बलमा तीन चौका र पाँच छक्का तथा श्रवनले ३१ बलमा तीन चौका र चार छक्का प्रहार गर्नुभयो । दिलिप नाथले ३२ तथा मुकेश यादवले १५ रन बनाउनुभएको थियो । बलिङतर्फ सनराइज तिलाठी कोइलाडीका बिशाल सुश्लिंगले सर्वाधिक तीन विकेट लिनुभएको थियो । नारायण जोशीले दुई तथा धीरिजकुमार मण्डलले एक विकेट लिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच