शुद्धोधन बन्यो लुम्बिनीमै पहिलो अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्ने पालिका

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका ई-सिफारिस, न्यायिक व्यवस्थापन प्रणाली र गाउँपालिकाको प्रतीक चिन्ह शुभारम्भ गरेको छ । लुम्बिनी प्रदेशमै पहिलो शुद्धोधन गाउँपालिकामा अनलाइन प्रणालीबाट सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले बताउनु भयो ।

उहाँले भन्नु, 'भयो धेरै समय लाइनमा बसेर वडा कार्यालय र गाउँपालिकाबाट लिने विभिन्न सिफारिसहरू लिँदा भोगिरहेको सदस्यबाट अब सहज भएको छ ।' अब कुनै कामका लागि वडा कार्यालय र गाउँपालिका पुगेर लाइन बस्नु पर्ने बाध्यता हटेको बस्यालले बताउनुभयो । गाउँपालिकाले सेवाग्राहीको सहजीकरणको लागि स्मार्ट मोबाईल एप्स नामकबाट सर्वसाधारणलाई ‘अनलाइन’ सेवा प्रदान गर्ने भएको छ ।

सेवालाई सहजीकरण गर्न लागू गरिएको एपको प्रयोग गर्न गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ,वडाका अध्यक्ष वडा सचिव र कर्मचारीलाई प्रारम्भिक चरणको तालिमसमेत प्रदान गरिएको छ ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले लुम्बिनी प्रदेशमै पहिलोपटक शुद्धोधन गाउँपालिकाले अनलाइन प्रणालीबाट सेवा प्रवाह गरिने कार्यको शुभारम्भ गर्दै अबको युग कम्प्युटरको युग भएको बताउनु भयो । हामी जहाँ भएपनि अब सेवा लिन सहज भएको छ । सबै पालिकामा यो प्रबिधि भए सर्बसाधारणलाई सहज हुने बताउनु भयो ।

शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले कार्यालयमा एकीकृत डिजिटल प्रणाली सेवा प्रवाह तथा इ-सिफारिस सेवाले हाल भैरहेको ढिलासुस्तीको अन्त्य गर्ने र सो पालिकावासीलाई अधिकतम् सेवा सहज रूपमा प्रदान गर्न डिजिटल सेवाको शुभारम्भ गरिएको बताउनुभयो ।शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले जनतामा सेवा प्रवाह गर्ने कर्मचारी तथा जनप्रतिनिधिहरु प्रविधिलाई अगाल्दै जानुपर्ने धेरै आवश्यकता रहेको बताउनुभयो । एक गैरसरकारी संस्थाले बिगत १ बर्षबाट उक्त पालिकामा यसको लागि काम गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?