भोजपुर प्रतिभा पुरस्कारबाट पुराना कवि मोक्तान भाइ सम्मानित

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । मोक्तान भाईको नामले परिचित भोजपुरका पुराना कवि शेरबहादुर मोक्तानलाई भोजपुर प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ ।

२१० औं भानुजयन्तीको अवसरमा आयोजित कार्यक्रममा शुक्रवार भोजपुर प्रतिभा पुरस्कारबाट मोक्तानलाई सम्मान गरिएको हो ।

त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुर अन्तर्गत स्थापित उक्त पुरस्कारबाट कवि मोक्तानलाई सम्मान गर्ने निर्णय बिगतमा भएको प्रतिष्ठानका जिल्ला अध्यक्ष सुवाश बिभासले जानकारी दिनुभयो । २०७८ सालमा स्थापना भएको यो पुरस्कार प्राप्त गर्ने कवि मोक्तान पहिलो सर्जक हुनुहुन्छ ।

प्रदेशसभा सदस्य सिर्जना राई लगायतले कवि मोक्तानलाई २२ हजार दुई सय २२ रुपैया राशीको पुरस्कार सहित सम्मान गर्नु भएको हो । सोक्रममा बोल्नु हुदै कवि मोक्तानले सम्मानित हुन पाउँदा खुशी ब्यक्त गर्दे आयोजकलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य राई, जिल्ला समन्वय समिति भोजपुरका उमप्रमूख अनिषा खड्का सहित साहित्यकार तथा साहिन्य अनुरागीहरुको सहभागिता रहेको थियो भने भानुभक्त तथा मोक्तान भाइको ब्यक्तित्वका बारेमा सुरेन्द्र कार्की र अमृका ताम्राकारले परिचर्चा गर्नु भएको थियो ।

प्रतिष्ठानले स्थापना गरेको प्रतिभा पुरस्कारबाट प्रत्येक बर्ष साहित्य क्षेत्रमा समर्पित ब्यक्तित्वहरुलाई सम्मान गरिने प्रतिष्ठानका सचिव घमचन्द्र दाहालले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?