अमानवीय प्य्राङ्क भिडियो बनाइ युट्युबमा राख्ने व्यक्ति पक्राउ

Read Time = 1 min

काठमाडौं । बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ । नकारात्मक सन्देश फैलाउने खालको प्य्राङ्क भिडियो बनाइ युट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोटका २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो । भुसाललाई नवलपरासी प्रहरीको सहयोगमा सोमबार पक्राउ गरी काठमाडौँ ल्याइएको ब्यूरोले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?