छोरी ममता हाल यु.एन.ओमनबाट पोष्टिङ भएअनुसार न्यूयोर्कमा आफ्नो परिवार छाडी एक्लै अफ्रिकाको १३ वटा देश प्रत्यक्ष निगरानी गर्ने गरी केन्याको राजधानी नैरोबीमा अवस्थित मुख्यालयमा कार्यरत छिन् । बेलाबेलामा यी देशहरूको निगरानीमा गईरहनुपर्छ । छोरीलाई दशैँको टीका नलाएको १८ वर्ष बितिसकेकाले यसपालिको दशैँ नैरोबीमै मनाउन हामीले पनि सोच्दैगरेकोमा, सबै खर्च म व्यहोर्छु हजुरहरू यहीँ सबारी होस् भनेर छोरीले आग्रह गरेकीले हामी श्रीमान्-श्रीमती १५ दिनका लागि एअर अरेबियाको जहाजबाट घटस्थापनाको साँझ त्यहाँ पुगेका थियौं । कान्छी छोरी मिनिर ज्वाइँ सरिन र नाति स्तव्यसमेत इण्डियाको गोवा शयर गर्दै उही दिन एअर इण्डियाको जहाजबाट साँझ हामीसँग मिसिन आइपुगे । हामी सबै घटस्थापनाकै दिन त्यहाँ पुगेका थियौं भने ममताकी छोरी आयुष्मा २२ अक्टुबर अर्थात् दशैँको महाष्टमीको दिन हामीसँग मिसिन आइपुगिन् । यसरी हामी परदेशमा जम्माजूट हुँदा खुशीको त कुनै सीमा नै रहेन ।
जमराको व्यवस्था गर्न त्यहाँस्थित ॐ शान्ति मन्दिर धायौं, जैन मन्दिर पनि पुग्यौं । दुर्गा मन्दिर, गणेश मन्दिरहरू पनि दर्शन गर्न जाँदा खोजीनिती नगरेको होइन तर कहीँ बेला भएको छैन भने कहीँ राखेको छैन भने । जमराको इन्तजाम हुन नसकेपछि पहेँलो फूल जमराको रूपमा प्रयोग गरी अक्षेतामा रातोरङ्ग मिसाई टीका लाइदिएर सुस्वास्थ्य, दीघायु र समृद्धि प्राप्तिको आशिरवचन हामी जोईपोइले ज्येष्ठताको क्रमअनुसार सबैलाई प्रदान गर्यौं । टीका लाउँदा जेठी नातिनी आयुष्माले मोबाइल फोनमा राखेको मालश्री धुन बजाइदिँदा टीकाको माहौल दशैँमय भएर स्वदेशमै टीका लाएजस्तै भएको थियो । छोरी ममता बडो साहसी र कर्मठ र हामीलाई अति माया गर्ने भएकीले उनी जहाँ पोष्टिङ भएर गए पनि हामीलाई त्यो ठाउँ देखाउन बोलाइ रहन्छिन् । अमेरिका पनि चारपटक हामीलाई बोेलाएर घुमाइन डुलाइन् ।
नेपालमै बस्ने कान्छी छोरी मिनी पनि हामी बुढाबुढीलाई अति माया गर्छिन् । उनले हामीलाई बिरामी पर्दावर्दा र अघिपछि पनि राम्ररी हेरचाह गर्नेगरेकी छन् ।
केन्यामा नदीनाला बगेको देखिएन । त्यहाँको जमिनले आफूमुनि वर्षाको पानी सोस्ने गर्दा सतहमा पानी नबग्नाले नदीखोलाको निर्माण भएन । यसले फाइदा के भयो भने सडक बनाउँदा पुलपुलेसा बनाउनु परेन र सडक कम खर्चमा बन्ने भयो ।
केन्याको राजधानी नैरोबी समुद्र सतहबाट पाँच हजार पाँच सय फिटको उचाइमा अवस्थित छ भने हाम्रो काठमाडौं ४ हजार ५०० फिटमा । नैरोबीको जनसंख्या सन् २०२३ को इस्टिमेट अनुसार ४६ लाख ७२ हजार छ, तर २०१९ को गणनानुसार नैरोबीको जनसंख्या ४३ लाख ९७ हजार ७३ मात्र थियो । जनसंख्या वृद्धिको रफ्तार यहाँ पनि हाम्रो जस्तै रहेछ । जुनजुलाई महिनामा यहाँको वायुको तापमान ५ डिग्री सेन्टिग्रेडमा झर्दा साँझ चिसो अनुभव हुन्छ । अन्यथा यहाँको जलवायु समसितोष्ण छ । बाह्रै महिना एकनासको क्लाइमेट रहिरहनु मानिसले यसलाई ईश्वरीय बरदान मानेका छन् । यही जलवायुले गर्दा नैरोबी शहरले ‘ग्रीन सिटी इन द सन’ भन्ने उपनाम पाएको छ ।
यो उपनाम यस निम्ति पाएको छ कि पृथ्वीलाई दक्षिणी र उत्तरी गोलाद्र्धमा विभाजित गर्ने बिसुबत रेखा केन्या र युगाण्डालाई छुँदै गएकोले सूर्यको किरण ठाडो पर्ने भए तापनि जलवायु समसितोष्ण रहिरहनु र हरियाली छाइरहनुले नै उपरोक्त उपनाम पाएको हो । शहरको वातावरण कोलाहल मुक्त र सबारी साधनहरूको गुडाइ स्वस्फुर्त रूपमा अनुशासित देखिन्थ्यो । त्यहाँमात्र होइन शायद सम्पूर्ण केन्याभरि नै हुनुपर्छ हामी जहाँ जहाँ डुल्न गयौं आफूमात्र अगाडि जाने लालच नेपालमा जस्तो त्यहाँका चालकहरूमा देखिएन । यहाँको जस्तो पेलेर अगाडि बढ्ने प्रवृत्ति त्यहाँ विल्कुलै देखिएन । ट्राफिक पुलिसको उपस्थिति सडकमा नगन्य जस्तै देखिन्थ्यो । गाडीहरू जाममा परेको अनुभव भएन । हाम्रोमा पनि त्यसो हुनसके कति सजिलो हुनेथियो होला ।
केन्यामा नदीनाला बगेको देखिएन । त्यहाँको जमिनले आफूमुनि वर्षाको पानी सोस्ने गर्दा सतहमा पानी नबग्नाले नदीखोलाको निर्माण भएन । यसले फाइदा के भयो भने सडक बनाउँदा पुलपुलेसा बनाउनु परेन र सडक कम खर्चमा बन्ने भयो । पानीको स्रोतको अभावका बाबजुद पनि कृषि क्षेत्रले राष्ट्रिय जिडिपी ७.७ प्रतिशतले योगदान गरिरहेको छ । कम पानी चाहिने बालीनाली जस्तै चिया, मकै, फलफूल खेती कफी आदिले राष्ट्रिय अर्थतन्त्रमा अधिकांश निर्यात प्रतिशत ओगटेकोले नेपालभन्दा लगभग पाँचगुणा बढी कूलगार्हस्थ उत्पादन हुनु र देश समृद्धितर्फ गइरहेबाट हामीले सिक्नुपर्ने हो ।
त्यहाँ केन्यामा चिया र हर्टिकल्चर बेस्ड इन्डस्ट्रिजको उत्पादन अन्य मुलुकहरूमा निर्यात गरिन्छ । अरू निर्यात गरिने वस्तुहरूमा टेक्सटाइल, कफी, सुर्ती, आइरन स्टिलबाट तयार पारिएका वस्तुहरू, पेट्रोलियम प्रडक्ट र सिमेन्ट हुन् । यी सामानहरू प्रमुखतया इंल्याण्ड, नेदरल्याण्ड, युगाण्डा, तान्जिनिया, संयुक्त राज्य अमेरिका र पाकिस्तानमा निर्यात हुनेगरेको छ । केन्याको जिडिपी वार्षिक वृद्धिदर ५.४० प्रतिशत रहेको छ । त्यहाँ सरकारी आम्दानी र सरकारी भुक्तानी अनलाइनबाट थाल्नु आर्थिक अनियमितता न्यूनीकरणको दिशातर्फ सकारात्मक कदम हुने देखिन्छ । हाम्रोमा पनि यस्तो प्रणाली लागू गर्नुपर्ने वञ्छनीय देखिन्छ ।
हामीहरू सबैजना छोरी ममताले गरिदिएको एउटा रिजर्भगाडीमा बसेर चियाफार्मिङ हेर्न हिड्यौं । करिब तीन घण्टाको अनवरत ड्राइभमा सडकको दायाँबायाँ आँखाले भ्याएसम्म एकनासको चियाबगान दृष्टिगोचर भइरहेको थियो । अन्तमा हामी एउटी ब्रिटिशमूलकी महिला फार्मरकोमा पुग्यौं । ब्रिटिशहरू केन्यामा आफ्नो साम्राज्य स्थापित गरी लामो समय बसेकाले ती महिलाको बाजेले ६० एकडभन्दा बढीमा चियाखेती गर्दै आइरहेका थिए । उनका बाबुले पनि त्यही काम गरेर परलोक भए र अहिले उनी ७६ को वय पार गरिसकेकीले ३० एकड बेचेर बाँकी ३० एकडमा खेती गर्दैछिन् ।
उनले मेरा पुर्खाले असम र नेपालबाट पनि ग्राफ्टिङ् गरी चियाका बुटाहरू ल्याएका छन् भनिन् । उनले चिया खेतीबारे लामो ज्ञानबद्धक प्रवचन दिएकी थिइन् । छोरीले अनलाइन इन्ट्री फि पेमेन्ट गर्दा नै त्यहाँको चलनानुसार लन्चको पनि पेमेन्ट गरेअनुसार ब्रिटिश स्टाइलमा टेन्ट टाइपको अम्रेलामुनि मीठो अनि स्वादिलो लन्च खुवाइन् । हामी त्यहाँ विभिन्न देशका करिब ५/७ ग्रुप थियौं । सहभोजन निकै रमाइलो भएको थियो । केन्यालाई चारैतिरबाट ५ वटा देशले घरेका छन्- दक्षिणमा तान्जानिया, पश्चिममा युगाण्डा, दक्षिणपश्चिममा दक्षिणसुडान उत्तरपश्चिममा इथोपिया र सोमालियाले पूर्वबाट घरेको छ ।
हिन्दमहासागरकोे बिस्तारित रूप केन्यासम्म आइपुगेर यसको पूर्वीय सरहदलाई निर्माण गर्दै सोमालियादेखि तान्जानियासम्म ४ हजार ३३६ स्क्वायर किलोमिटरमा केन्या फैलिएको छ । यो पूर्वी समुद्रतटमा अवस्थित छ । नैरोबीपछि समुद्रतटमा अवस्थित दोस्रो ठूलो शहर मोमबासा हो । मोमबासा अंग्रेजहरूको शासनकाल १९०६ सम्म केन्याको राजधानी थियो । अंग्रेजहरू केन्याबाट १९६३ मा फिर्ता गएका हुन् । हाम्रो पैसालाई रुपैयाँ भने झैँ त्यहाँकोलाई सिलिङ भनिँदो रहेछ । हाम्रो ९० रुपैयाँ तिरेपछि त्यहाँको सय सिलिङ आउँदो रहेछ । केन्यामा ८५.५ प्रतिशत जनसंख्याले क्रिश्चियन धर्म मान्दछन् भने १०.९ प्रतिशतले मुस्लिम र बाँकीमा बुद्धिज्म, हिन्दु र बाँकी त्यहाँका परम्परागत धर्म मान्नेहरू छन् ।
अर्को दिन हामी जिराफ सेन्टर र नेसनल म्युजियम पुग्यौं । पहिला जिराफकै दर्शन गराउन लगे चालक महोदयले । जिराफ अग्लो र घाँटी झन् अग्लो भएकाले काठको अग्लो डेक बनाएर त्यसलाई खुवाउने उक्त सेन्टरबाटै गेडागुडी दिएकाले जिराफलाई हातले खुवाउँदै मजालिँदै फोटो पनि खिचेका थियौं । करिब पैंतालीस मिनेट जति हामीले जिराफलाई दाना खुवाउँदै त्यससँग घुलमिल ग¥यौं र त्यहाँबाट हामी नेसनल म्युजियम पुग्यौं । म्युजियममा अंग्रेजले शासन गर्दाका केही स्मृति मोनुमेन्ट, बिलायती प्रमुख शासकहरूका ठूल्ठूला तस्वीर र त्यहाँका जनजातिका समूहहरूका चित्र अँकित थिए ।
यसका अतिरिक्त त्यहाँ केही सजीव घिस्रिने जन्तुहरू जस्तै थरिथरिका सर्प, कछुवा र केही आकर्षक चराहरू पनि अलग-अलग कोठाहरूमा राखिएका थिए । सो अवलोकनपछि हामी छोरी ममताको निवास फक्र्यौं । त्यहाँ डिनर खाइवरी हामी रमाइलोका लागि आपसमा एक घण्टा करिब सधैंजसो केही कोठाभित्र खेलिँने खेलहरू खेल्ने गथ्र्यौ ।
एकदिन हामी त्यहाँको लामो र फराकिलो नै बासाताल अवलोकन गर्नगर्यौं । त्यहाँ पुगेर सर्वप्रथम रेष्टुरेन्टमा हामीले लन्च खायौं, त्यसपछि ताल हर्न गयौं । तालभित्र प्रवेश गर्न पर्यटकका लागि चर्को शुल्क रहेछ । हामीले सो शुल्कतिरी एउटा मोटरबोटमा बस्यौँ चालकले शयर गराउन पानीमा प्रवेश गरायो । ताल भन्या जस्तै ठूलो थियो हाम्रो फेवातालको करिब चारदोब्बर हुँदो हो ।
त्यसको पानी क्रिस्टल क्लियर नभए पनि मैलो थिएन । हामीले एक घण्टा बढी मोटरबोटबाट नौकाबिहार गर्यौं । त्यहाँ पानीमा जलगैंडा, पानीहाँस र वाटरबकहरूले क्रीडास्थल बनाएर बस्ने गरेकाले पानी केही मात्रामा धमिलो भएको हो । मोटरबोट चालकले मुखको सिटी बजाएर एकटुक्रा मासु पानीमा फाल्ने बित्तिक्कै कताबाट हो कुन्नि चिल आएर त्यो मासुको टुक्रा पानीमा बिलिन हुनुभन्दा पहिला नै टपक्क टिपेर लग्यो । त्यसैले होला चिलको आँखा भन्ने उखान चलेको । पाँच घण्टाको ड्राइभ हुनाले हामी फक्र्यौं । बाटो स्मुथ भए पनि केही भाग पहाडी र अल्टिच्युडमा भएकाले केही चिसो अनुभव गरिएको थियो ।
यसबीच लामो ट्रिप नभएको दिनमा हामीले नैरोबीस्थित सपिङमलहरूमा विचरण गर्दा केही खरिदारी पनि गरिरहृयौं । एकदिन एउटा सपिङमलको छतमा फुडकोर्ट रहेछ जहाँ विभिन्न देशका फुडस्टलहरूमा आफ्ना-आफ्ना देशका खाना राखिएका थिए । त्यस फुडकोर्टमा सबैले आ-आफ्ना रुचिनुसारका खाना मगाएर खाए । मैले सिंगै कार्पमाछा मगाएँ तर त्यससँग मकैको ढिडोका डल्ला र साग अनि काउलीको तरकारी आयो । ढिडोलाई त्यहाँ उगाली भन्दारहेछन् आफूलाई नमिठो लागे पनि मकैको पिठो मैदा बनाइएकाले माछाको ग्रेबीसँग चोबेर खाएँ । माछा चाहिँ धेरै मिठो थियो । मज्जा आयो ।
अन्तमा हामी त्यहाँको विश्वप्रसिद्ध मसाइमारा वन्यजन्तु राष्ट्रिय आरक्ष अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्यौं । यसपटक छोरी ममता पनि साथैमा भएकीले हामी सबै तीन टिम बनाएर नेपाली हिन्दी गीतको अन्ताक्षरी खेल्दै एउटा ल्यान्डक्रुजर गाडीमा सबार भई दुई रात तीन दिनका लागि गाडी रिजर्भ गरेर गएका थियौं । सोहीअनुसार त्यहाँका रिसोर्टमा पनि तीनवटा रुमलिएर लजिङ र फुडिङका लागि छोरीले पहिलेदेखि नै पेमेन्ट गरी बुक गरेको थियो । त्यहाँ रिसोर्टमा पुग्नुअघि आरक्षको प्रवेशद्वारमा इन्ट्री फी बुझाउन जाँदा जति दिन आरक्षभित्र बस्ने हो त्यति दिनको इन्ट्री फी तिनुपर्छ भनेकाले हामीले दुई दिनको इन्ट्री फी दिनको ८० डलरको दरले ति¥यौं । यो अलि नमिल्दो अनौठो लागे पनि त्यहाँको नियमानुसार केही नबोली तिर्यौं।
रिसोर्ट अलि अबेला पुग्यौं तापनि लन्च खाईवरी करिब ४ बजे सोही गाडीमा आधा फन्को मसाइमारा नेसनल रिजर्भको लगाउन त्यहाँ प्रवेश गर्दा म रोकान्चित भएको थिएँ । थमसन गजेल, जिराफ, हात्तीका झुण्ड, इम्पालाका झुण्ड, विल्डरबिष्टका बथान, डियरबक र यस्तै ननकार्निभोरस जनाबरहरू देखिए । करिब २ घण्टा मसाइमारामा चक्कर लाउँदा हिंसक जनाबर भेटिएन साँझ पर्न लागेकाले हामी रिसोर्टमा फक्र्यौं । साँझ ८ बजेतिर हामीले कन्टिनेन्टल खाना बफेटका लागि डिसप्ले गरिराखेकोबाट आफ्ना रुचिनुसार खानपिन गरी रात्रि विश्राम गर्यौं ।
मसाइमारा केन्याको ८ प्रोभिन्समध्ये रिफ्ट भ्याली प्रोभिन्समा नारोक काउन्टी अन्तर्गत पर्दछ । मसाईका बासिन्दाहरूको पुर्खा नाइलनदीको घाँटीबाट बसाइँ सरी आएकाले यिनीहरूको सम्मानमा यस क्षेत्रकोे नाम मसाइ राखिएको हो । यहाँको मानिसको भेषभूषा हाम्रो हिमाली जनजाति जस्तै लुगैलुगाले बेरिएका हुन्छन् ।
अर्को दिन हामी दिनभरि मसाइमारा रिजर्भमा वन्यजन्तु अवलोकनका लागि ब्रेकफाष्ट खाइवरी रिसोर्टबाट लन्चप्याकेट लिएर ८.३० बजेतिर हिँडिहाल्यौं । भित्रभित्र लाग्दै गएपछि भैंसीको झुण्ड, मृगको वथान हात्तीका लस्करै देखियो । अझभित्र लागेपछि त हिंस्रक जनाबरहरू देखिन थाले । एउटा झाँक्रोमा सिंहिनी आफ्ना बच्चालाई च्यापेर दूध खुवाउँदै गुडुल्किएको थियो । सिंहिनीले हामीतिर ठूल्ठूला आँखा गरी हेर्दा हामीलाई डर पनि लागेको थियो । यस्तै कतै सिंह र सिंहिनी छहारीमा पल्टिराखेको देखिन्थे भने कुनै झाडीमा चिताका भालेपोथी एकअर्कामाथि खुट्टा चढाएर सुतिराखेका देखिन्थे ।
एक ठाउँमा त बँदेलजस्तो देखिने हटहगलाई मारेर खान लैजाँदै गरेको सिंहिनीलाई देखेर हामी रोमाञ्चित हुनुका साथै डराएका पनि थियौं । हामीकहाँ पाइने चितुवा पनि त्यहाँ देख्यौं, जो भोकाएर आफ्नो आहारा खोज्दै यताउता घुम्दै छट्पटाइरहेको पनि देखियो । यस्ता दृश्यहरू देखेर त्यहाँका नेचरल हृयाबिट्याट स्वछन्दतापूर्र्वक कोही घाँस चरिरहेको देखिन्थ्यो भने हिंस्रक जनाबरले त्यही घाँस खानेलाई मारेर खाइरहेको दखिन्थ्यो । यस्ता विलक्षण दृश्य आफ्नै आँखाअगाडि देख्न पाउने दुर्लभतालाई सुलभ गराएजस्तो लाग्यो । हाम्रा आरक्षहरूमा पनि यस्ता किसिमबाट व्यवस्था मिलाई अवलोकन गराउन सकेको खण्डमा आम्दानी बढ्ने थियो ।
हामी दक्षिणमा पर्ने तान्जानियाका बोर्डरसम्म पुग्यौँ । त्यहाँ मारा नदीले केन्या र तान्जानियालाई विभाजित गर्दोरहेछ । त्यस नदीमा हिपोपोटामस र बडेबडे क्रोकोडायल देखियो । यी सबै दृश्यको तस्वीर हामीले खिच्दै गरेका पनि थियौं । तान्जानियामा पर्ने सेरेंगेटी नेसनल रिजर्भ आँखाले देखियो खुट्टाले टेकिएन भिसा थिएन । करिब २ बजेतिर हामीले आ-आफ्नो लन्चप्याकेट खोलेर खायौं र पानीको सट्टा लन्चप्याकेटमै राखिएको सानो बोतलको मिक्सड जुस पिएका थियौं । तान्जानियाको बोर्डरबाट हामी रिसार्टतर्फ फक्र्यौं । आरक्षमा पाइने वन्यजन्तुको विविधताले र त्यहाँ सुलभ तरिकाले ती जनाबरहरू अवलोकन गर्न पाइने भएकोले चर्को शुल्क तिर्न परे पनि पर्यटकको ओइरो लाग्ने गरेको छ । हामीले पनि यो आरक्षको अवलोकनबाट जीवनमा एउटा अनौठो अनुभव बटुल्यौं ।
अघिल्लो दिन रिसोर्टको म्यानेजरलाई हाम्रो नातिनातिनीको भोलि साँझ बर्थडे मनाउन एउटा शानदार केक बनाइदिन र रिसोर्टको तर्फबाट अरू के गरिदिन सक्नुहुन्छ भनेर आग्रह गरिराखेका थियौं । साँझ हामी डायनिङ टेबुलमा बसेपछि रिसोटको तर्फबाट करिब १५ जनाको ग्रुपले गीत गाउँदै हलको तीन फन्को लगाएर नाति स्तव्य र नातिनी आयुष्माका अगाडि एउटा बडेमानको केक राखिदिए । त्यसपछि ताली बजाउँदै हृयापी बर्थडेको गीत गाएका थिए । हुन त हामी सबै खुशी भएका थियौं तर एक्कासि यस्तो राम्रो प्रबन्ध गरेको देख्दा ती बच्चाहरूकी हजुरआमा भने निकै खुशी भएकी थिइन । त्यसपछि तिनहरूको ग्रुपले त्यहाँ उपस्थित सबै ग्राहकलाई उनीहरूको कलासंस्कृति झल्किने गीत र नृत्य प्रस्तुत गरेका थिए । नृत्यको विशेषता चाहिँ दुवै खुट्टा मोडेर उफ्रिने रहेछ ।
यो नाच उनीहरूको कुनै मेलापर्व आदिमा जो जति बढी उफ्रन सक्यो उसले त्यहाँ भएकी केटीमध्ये मन परेकोलाई टिपेर लग्न पाइने मसाई क्षेत्रको परम्परा रहेछ भन्ने कुरा उनीहरूले हामीलाई बुझाएका थिए । त्यस क्षेत्रको एउटा अर्को प्रचलन हाम्रो हिमाली भेगमा चौरीको रगत झिकेर रोग निको पार्न पिउने चलनजस्तै त्यहाँ पनि रोग निको पार्ने गाईको गर्दनमा एउटा तीर हान्दा एकपटकमा रगत निस्क्यो भने थाप्ने निस्केन भने त्यस गाईलाई छाडेर अर्कोलाई तीर हान्ने गरेका रहेछन् ।
मसाइमारा केन्याको ८ प्रोभिन्समध्ये रिफ्ट भ्याली प्रोभिन्समा नारोक काउन्टीअन्तर्गत पर्दछ । मसाईका बासिन्दाको पुर्खा नाइलनदीको घाँटीबाट बसाइँ सरी आएकाले यिनीहरूको सम्मानमा यस क्षेत्रकोे नाम मसाइ राखिएको हो । यहाँको मानिसको भेषभूषा हाम्रो हिमाली जनजाति जस्तै लुगैलुगाले बेरिएका हुन्छन् तर यहाँ हामी जाँदाको बखत जाडो भने थिएन । बाबुनानीको बर्थडे मनाएको भोलिपल्ट आठ बजे हिँड्ने भनेकोमा ब्रेकफाष्ट गरेर पनि यता उति गर्दागर्दै बल्ल १० बजे त्यहाँबाट प्रस्थान गर्यौं । छोरी ममताकोमा आइपुग्दा साँझको साढेसात बजेको थियो । भोलिपल्ट आइतबार परेको थियो । त्यसैले हामी सबै सपिङमलतिर सपिङ गर्न पस्यौं । सपिङमल नजिकै भएकाले कोही चाँडै किनमेल गरी फक्र्यौं भने कोही अबेलासम्म किनमेलमा अल्झिइरहे ।
भोलिपल्ट सोमबारको दिन त्यहाँ जम्मा भएका हामी सबैजना ममतालाई एक्लै छाडेर आआफ्ना डेस्टिनेसनमा फर्किने दिन । त्यो अवस्था आउनलाग्दा हामी उदास भएका थियौं । विशेषगरी ममता बाबुआमाले साथ छाड्ने भएर एक्लिने भएपछि उनको अनुहारमा उदासी त्यसै झल्किरहेको थियो । हामीले उनलाई सम्झाउँदै र उनले गरेको आतिथ्य सत्कारको सराहना गर्दै सबैभन्दा पहिला दिनको १२ बजे हामी बुढाबुढी एअरपोर्टका लागि प्रस्थान गर्यौं । साँझ साढे छ बजे कान्छीछोरी र ज्वाइँ अनि नातिले ममताको अपार्टमेन्ट छाड्यौं । अनि राति ११ बजे ममताकी छोरी आयुष्मा न्यूयोर्कका लागि प्रस्थान गरिन् । छोरीलाई एअरपोर्टमा पु¥याएर ममता भने लखतरान परेर र थ्रोटसोर भएर बिरामीजस्तै भइन् रे । हामी सबै आआफ्नो घर आइपुग्यौं । यहाँ सबै ठीक दुरुस्त नै पायौं । यसरी हाम्रो केन्याको यात्रा सुखद्, एक्ससाइटिङ र ज्ञानबद्र्धक रहृयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच