काठमाडौं । आइसिसी टी-२० विश्वकपमा एसोसियट राष्ट्र क्यानडाले टेस्ट टोली आयरल्याण्डलाई पराजित गरेको छ । क्यानडाले टेस्ट राष्ट्रविरुद्ध १२ रनको सनसनीपूर्ण जित निकालेको हो । शुक्रबार राती क्यानडाले दिएको १३८ रनको सरल लक्ष्य आयरल्याण्डले पूरा गर्न सकेन । जवाफी ब्याटिङमा उत्रेको आयरल्याण्डले सात विकेट गुमाएर १२५ रनमात्रै बनाउन सक्यो । आयरल्याण्डको यो लगातार दोस्रो हार हो । आयरल्याण्डलाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो । तर, अन्तिम ओभरमा एक विकेट लिएर चार रनमात्र बनाउन सक्यो ।
आयरल्याण्डका मार्क अडायरले ३४ रन बनाए पनि टिमको हार टार्न सक्नुभएन । जर्ज डक्रेलले ३० रन थप्दा एन्डी बिलबर्नीले १९ र लोर्कान टकरले १० रन बनाउनुभयो । क्यानडाका जेरेमी गोर्डोन र दिलोन हाइलिजरले समान दुई-दुई, साद बिन जफर र जुनैद सिद्दिकीले समान एक-एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रनको योगफल खडा गरेको थियो । क्यानडाका निकोलस किर्टोनले सर्वाधिक ४९ रन बनाउनुभयो । श्रेयस मोभ्वाले ३७ रन थप्दा पर्गत सिंहले १८ र आरोन जेम्सले १४ रन जोड्नुभयो । आयरल्याण्डका बेरी म्याकार्थी र क्राइग योङले समान दुई विकेट लिनुभयो ।
प्रतियोगितामा पहिलो जित निकालेको क्यानडा दुई अंकसहित समूह ‘ए’को तेस्रो स्थानमा उक्लिएको छ । क्यानडा यसअघि पहिलो खेलमा अमेरिकासँग सात विकेटले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेको आयरल्याण्ड तालिकाको पुछारमा छ । यसअघि पहिलो खेलमा आयरल्याण्डले भारतसँग आठ विकेटको हार बेहोरेको थियो । यसअघि एसोसियट राष्ट्र अमेरिकाले पनि उपाधि दाबेदार पाकिस्तानलाई हराएको थियो । पाकिस्तान सुपर ओभरमा पराजित भएको थियो ।
यस्तै, शनिबार बिहान सम्पन्न खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई हराएको छ । अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले हराएको हो । अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५.२ ओभरमा मात्रै ७५ रन बनाउँदै अल आउट भयो । प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोस्रो जित हो । यसअघि टोलीले युगाण्डालाई १२५ रनको विशाल अन्तरले हराएको थियो ।
यसैगरी, शनिबार बिहानै सम्पन्न अर्को खेलमा बंगलादेशले रोमाञ्चक जित हात पारेको छ । रोमाञ्चक खेलमा बंगलादेशले श्रीलंकालाई दुई विकेटले हराएको हो । श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले ६ बल बाँकी छँदै आठ विकेट गुमाएर पूरा ग¥यो । खेलको अन्तिमतिर बलिङमा वापसी गरे पनि श्रीलंकाले लगातार दोस्रो हार टार्न सकेन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच