इलाम । तीन हजार ६ सय ३६ मिटर उचाईमा रहेको सन्दकपुर इलामको चर्चित पर्यटकीय क्षेत्र हो । नेपाल–भारत सिमानामा अवस्थित सन्दकपुरबाट सुर्योदय र सुर्यास्तको सुन्दर दृश्य देख्न सकिन्छ ।
साथै हिउ खेल्नका लागि पनि धेरै पर्यटकले सन्दकपुर सम्मको यात्रा तय गर्ने गर्छन् । मुख्य त जाडो महिनामा खास चहलपहल देखिने यहाँ छिटफुट पर्यटक वर्षाको मौसममा समेत आउने गर्छन ।
नेपाल तर्फको भू–भागमा बाटोको असुविधाका कारण धेरै पर्यटकले यस क्षेत्रलाई ट्रेकिङ र हाइकिङ गन्तब्यको रुपमा प्रयोग गर्ने गरेका छन् । तर, भारतिय क्षेत्रमा बाटोको सुविधाका कारण भारतिय र बङलादेशका पर्यटक ठुलो संख्यामा आउने गरेका छन् ।
अहिले सन्दकपुर जाने सिजन नभएको स्थानीय बताउँछन्। तर पनि गर्मीको बिदाको समय सदुपयोग गर्न मन पराउने पदयात्री यहाँ आउने गरेका छन् ।
गुराँस फूल्ने सिजन समेत सकिएको र अधिक पानी पर्ने सिजन भएको कारण यो समय सन्दकपुर घुम्नका लागि उचित मौसम भने मानिदैन । तर पनि आज हामी यहीँ वर्षा कै सिजनमा कैद गरिएका केही फोटाहरु यहाँ प्रस्तुत गरेका छौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच