प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पूजाअर्चना गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मध्यप्रदेशको उज्जैन जाँदै हुनुहुन्छ ।

चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिंग महाकालेश्वरमा पूर्जाअर्चना गर्नुहुनेछ ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नुहुनेछ । त्यसपछि उहाँले १२ ज्योतिर्लिंग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नुहुनेछ ।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाईएको छ ।

यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पूजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको चौथो दिन भोलि ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड स्वेदश फिर्ता हुने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?