इन्गेजमेन्ट पार्टीमा उत्सव मनाउँदा साथीले चलाएको गोली लागेर बेहुलाको मृत्यु

Read Time = 2 mins

-एजेन्सी
कायरो । इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो ।

साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काइएको थियो । गोली लागे लगत्तै बेहुला भुइँमा ढलेका थिए ।

गोली लागेर गम्भीर घाइते बनेका बेहुलालाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषित गरेका थिए । मध्यपूर्वका विभिन्न भागमा उत्सव मनाउँदा बन्दुक पड्काइन्छ । विवाह र इन्गेजमेन्टको सन्दर्भमा बन्दुक पड्काउनुलाई भने दुई परिवारलाई जोड्ने शक्ति र सम्मानको प्रतीकको रूपमा हेरिन्छ ।

तर, यस परम्परागत अभ्यास निकै खतरनाक मानिएको छ । विशेषतः भिडभाडयुक्त कार्यक्रममा हुने आकस्मिक गोलीबारीमा धेरै मानिसहरूको मृत्यु हुनुका साथै केहीलाई गम्भीर चोटपटक लागेको छ ।

बेहुलीका साथी मोहम्मद युसुफले स्थानीय सञ्चारमाध्यमलाई भने, ‘हामी एउटा ब्यूटी सैलूनमा गइरहेका थियौं, जहाँ दुलहीले आफ्नो मेकअप गरिरहेकी थिइन् र उत्सव मनाउन उनलाई एउटा कोठामा लैजान लागिएको थियो ।’

तर, दुलही सैलुनबाट निस्कनुअघि मुस्तफा गोली लागेर घाइते भएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?