लण्डन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले उत्तरी आयरल्याण्डलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा स्पेनले आयरल्याण्डलाई ५-१ गोल अन्तरले हराएको हो । खेलको दोस्रो मिनेटमै डेनियल बलार्डले गोल गर्दै उत्तरी आयरल्याण्डलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, १२औँ मिनेटमा नाचो फर्नान्डेजको पासमा पेड्रीले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । त्यसको ६ मिनेटपछि नै अल्भारो मोराटाले गोल गर्नुभयो ।
२९औँ मिनेटमा पेड्रीले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्नुभयो । ३५औँ मिनेटमा लामाइन यमलको पासमा फाबियन रुइजले गोल गर्नुभभयो । ६०औँ मिनेटमा यमलकै पासमा माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई ५-० गोल अन्तरले विजयी बनाउनुभयो ।
यस्तै, १७ वर्षीय एन्ड्रिक चम्किँदा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा ब्राजिल ३-२ गोल अन्तरले विजयी भएको हो ।
खेलको पाँचौँ मिनेटमै एन्ड्रियास परेराले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ५४औँ मिनेटमा ग्रेब्रियल मार्टिनेलीले गोल गर्दे अग्रता दोब्बर बनाउनुभयो । ७३औँ मिनेटमा एलेक्सिस भेगाको पासमा जुलियन क्विनोन्सले गोल गर्दै मेक्सिकोलाई २-१ को स्थितिमा ल्याउनुभयो ।
दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गुइलेर्मो मार्टिनेजले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउनुभएको थियो । तर, त्यसको तीन मिनेटपछि नै एन्ड्रिकले गोल गर्दै ब्राजिललाई जित दिलाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच