शिक्षकका लागि प्रशिक्षक प्रशिक्षण तालिम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । शिक्षा बिकास तथा समन्वय इकाई भोजपुरको आयोजनामा शिक्षकहरुका लागि जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।

समन्वय इकाईको बार्षिक कार्यक्रम अन्तर्गत प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको इकाई प्रमुख रुद्र राईले जानकारी दिनु भयो । जिल्ला सदरमुकाममा शुक्रवारबाट दुई दिने पाठयक्रम तथा पाठयपुस्तक प्रवोधीकरण सम्वन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

बिद्यालय तहमा कक्षा ५, ८ र १० को परिमार्जित नयाँ पाठयक्रम अभिमुखीकरणका लागि जिल्ला तहमा कार्यक्रम सुरु भएको छ । यसमा जिल्लाका ९ वट स्थानीय तहका माध्यामिक तहमा कार्यरत स्थायी अंग्रेजी, सामाजिक, नेपाली, गणित र बिज्ञान बिषयका शिक्षकहरुलाई बिषयगतरुपमा नदोहोरिने गरी सहभागी गराईने छ ।

पाठयक्रमको अवधारणा, पाठयक्रम निर्माण तथा कार्यान्वयन, पाठयक्रम बिकासका प्रकृया लगायतका बिषयहरुमा दुई दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहजीकरण हुने बताइएको
छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?